arrow

सात ओस्कार अवार्ड जित्ने चलचित्रलाई रिजेक्ट गरेका दिलीप कुमारको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
dilip-kumar77.jpeg

काठमाडौं । भारतीय मेगास्टार दिलीप कुमारको बुधबार बिहान ९८ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको एक अस्पतालमा बिहान साढे सात बजेतिर उनको निधन भएको हो ।

मेगास्टार दिलीप कुमारको निधनले भारतीय सिनेमा जगत एक युग समाप्त भएको छ । उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी, थुप्रै मुख्यमन्त्रीलगायतले शोक व्यक्त गरेका छन् ।

बलिउडमा एक भन्दा अर्को लोकप्रिय चलचित्र दिँदै आएका अभिनेता दिलीप कुमारले सन् १९६२ मा सार्वजनिक भएको लरेन्स अफ अरेबिया हलिउड चलचित्रलाई रिजेक्ट अर्थात अस्वीकार गरेका थिए ।

डेबिड लिन निर्देशक एवं निर्माता रहेको फिल्ममा अनुबन्ध गर्नका लागि डेबिडले नै भारतीय अभिनेता दिलीप कुमारसँग कुरा गरेका थिए ।

उनले यो चलचत्रिमा आफू बाहिरी व्यक्ति देखिने भएको भन्दै अस्वीकार गरेको बताइएको छ । यो भन्दा अर्को खास कुरा उनलाई हलिउडमा प्रवेश गर्ने कुनै रुची नै नभएको समेत बताइन्छ ।

पछि लरेन्स अफ अरेबिया चलचित्रले विभिन्न विधामा सात ओस्कार अवार्ड जितेको थियो । मुगल ए अजम, राज कपुर, सौदागार, देवदास, कर्मा, मधुमति, अमर जस्ता दजर्नौं सुपरहिट बलिउड चलचित्र दिलीप कुमारले खेलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ