arrow

चिनियाँ कम्युनिस्ट पार्टी समर्थीत कम्पनीले किन्याे बेलायतको सबैभन्दा ठूलो 'चिप प्लान्ट'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
NWF.jpg

काठमाडौं । बेलायतको सबैभन्दा ठूलो चिप उत्पादक कम्पनी न्यूपोर्ट वाफर फेब (एनडब्लुएफ)लाई नेदरल्याण्ड स्थित नेक्सपेरिया सेमिकण्डक्टर कम्पनीले खरिद गर्ने टुंगो लागेकाे छ ।

नेक्सपेरिया कम्पनीको मालिक कम्पनी अथवा अभिभावक कम्पनी चीनको विंग टेक टेक्नोलोजी हो । 

सीएनबीसीको एक रिपोर्ट अनुसार  चिनियाँ कम्पनी विंग टेकले एनडब्लुएफ अर्थात बेलायतको सबैभन्दा ठूलो चिप उत्पादक कम्पनीलाई करोड  ८ कराेड ७० लाख अमेरिकी डलरमा किन्ने भएको हो ।

निकै पूरानाे कम्पनी तुलनात्मक रूपमा कम मूल्यमा बिक्री हुन लागेकाे बिषय खाेतल्दा विंग टेक कम्पनी चीन सरकार समर्थीत रहेको पाइएको छ ।

याे कसरी भने, बेलायतकै ठूलो चिप उत्पादक एनडब्लुएफलाई खरिद गरिरहेको कम्पनी नेदरल्याण्ड स्थित नेक्सपेरिया कम्पनी हो । नेक्सपेरियाको मालिक कम्पनी चीनको विंग टेक कम्पनी हो । 

विंग टेक कम्पनीको झण्डै ३० प्रतिशत सेयर चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) अर्थात चीन सरकारको रहेको पाइएको छ । चिनियाँ लगानीबारे अन्वेषण गर्दै आइरहेको कम्पनी डाटेनाले गरेकाे अध्ययनबाट याे रिपाेर्ट बाहिरीएकाे हाे ।

         

विंग टेकका सेयर हाेल्डर कम्पनी जुन सीसीपी समर्थीत छन्

विंग टेक चीनको संघाइ स्थित उत्पादक कम्पनी हो । झण्डै २० हजार कर्मचारी र १८ अर्ब अमेरिकी डलर बजार मूल्य रहेको कम्पनीमा चीन सरकारको सेयर रहेको छ ।

बेलायतमा चिन्ता

दक्षिण वालेसमा झण्डै २८ एक्कडमा फैलिएको एनडब्लुएफ कम्पनीमा करिब ४ सय कामदार रहेका छन् । एनडब्लुएफले प्रत्येक हप्ता ८ हजार वेफर्स उत्पादन गर्छ, जुन बिशेष गरी बत्तिको चीपमा प्रयोग हुने गर्छ ।

अहिले विश्वबजारमा सेमिकण्डक्टर चीपको संकट एवं अभाव बढ्दै गएको छ । यस्तो बेला बेलायती कम्पनी चीनलाई हस्तान्तरण हुन लागेको भन्दै बेलायती सांसदहरुले चिन्ता व्यक्त गरेका छन् ।

बेलायतमा गत अप्रिलमा राष्ट्रिय सुरक्षा र लगानी ऐन सञ्चालनमा आएको थियो ।  चिनियाँ कम्पनीको यो खरिदलाई सो ऐन अन्तर्गत समीक्षा नगरिएको बेलायती सरकारी अधिकारीहरुले बताएका छन् ।

             

सेमिकण्डक्टर चीप

सेमिकण्डक्टर चीपहरु मोबाइल, बत्ति, गाडी, विमानलगायतका सबै जसो इलेक्ट्रोनिक बस्तुहरुमा अत्यावश्यक प्रयोग हुने स-साना उपकरणहरु हुन् ।

चीन सेमिकण्डक्टरका क्षेत्रमा अन्य देशभन्दा पछाडि रहेका बेला यसरी बाहिरी कम्पनीको अधिग्रहण र सरकारी लगानी गरेर छलांग मार्न खाेजिरहेकाे आरोप लागेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ