arrow

फेसबुक, ट्विटर, र गुगलविरुद्ध ट्रम्पले हाले मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २४ बिहिबार
dronaldtrumps.jpeg

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक, ट्विटर र गुगलविरुद्ध फ्लोरिडा राज्यको दक्षिणी जिल्ला मियामीको जिल्ला अदालतमा मुद्दा हालेका छन् ।

तीनै कम्पनीका सीईओ, मार्क जुरकवर्ग, ज्याक डोर्से र सुन्दर पीचाइलाई केन्द्रित गर्दै ट्रम्पले मुद्दा हालेका हुन् ।

करिब ६ महिना अघि फेसबुक, ट्विटर र युट्युबले पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रतिबन्ध लगाएका थिए । ट्रम्पले यो मुद्दा देशकै लागि 'गेम चेन्जर' हुने बताएका छन् ।

ट्रम्पले हालेको मुद्दामा गलत तरिकाले अकाउन्ट प्रतिबन्ध गरिएको कुरा उल्लेख गरिएको छ । उनले सामाजिक सञ्जालको यो कदमलाई धारा २३० अन्तर्गत असंवैधानिक ठहर गर्न आग्रह गरेका छन् ।

ट्रम्पले सामाजिक सञ्जालले स्वतन्त्र रुपमा बोल्न पाउने अधिकार समेत हनन् गरेको कुरा उल्लेख गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ