arrow

पोखरामा टिपरले ठक्कर दिएर गम्भीर घाइते भएकी स्याङ्जाकी रिता केसीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २५ शुक्रबार
dead2.jpg

पोखरा । पोखरामा टिपरले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा स्याङ्जा बिरुवा गाउँपालिका वडा नं. ४ घर भई हाल पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा बस्ने ४० वर्षीय केसी रहेकी छन् । उनको आज बिहान ६:३० बजे मृत्यु भएको हो । 

बिहीबार अपराह्न पैदल यात्रामा रहेकी उनलाई टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन् । उनको पोखराको मेट्रो सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।  

बागलुङ बसपार्कबाट जिरो किमीतर्फ जाँदै गरेको ग१ख ९७०३ नम्बरको टिपरले पोखराको मालेपाटनस्थित पोखरा बागलुङ राजमार्गको गणतन्त्र चोकमा केसीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । 

ट्रक र ट्रक चालक नुवाकोटका २८ वर्षका सोमबहादुर तामाङलाई बैदाम प्रहरीले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ