arrow

धनुको समय शुभ हुँदा यस्तो हुनेछ समग्रमा शनिबारको दिन

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७८ असार २६ शनिबार
rashifal-horoscope-4.jpg

आजको पञ्चाङ्ग
आज मिति २०७८ असार २५ गते शुक्रबार, इस्वीसंवत जुलाई १० तारिख सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४१, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढकृष्णपक्ष चलिरहेको छ । 

सौरमान अनुसार आज आषाढकृष्णपक्षको अमावश्य तिथि रहनेछ । आज पुनवर्सु नक्षत्र, विष्कुम्भादि योगमा व्याघात, करणमा किंष्तुध्न, आनन्दादि योगमा छत्र रहनेछ ।

सूर्य मिथुन राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । आज दिनमान ३४ घटि २० पला अर्थात १३ घण्टा ४७ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर १५ मिनेटमा यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ७ बजेर १ मिनेटमा हुनेछ । 

आजको राशिफल
मेषः
आज पनि समय शुभ छ । थोरै समय र सानो लगानी गरी शुरु गरिने व्यावसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग भेट गरी नयाँ कामको योजना बनाउन सकिनेछ ।

मेष राशि भएका व्यक्तिहरुका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार पूजा तथा आराधना गरी गणेश भगवानलाई खुसी बनाउन सके कामहरू समयमा नै सम्पन्न हुनेछन् । 
 
वृषः समय शुभ छैन । अल्छी गर्ने बानीले महत्वपूर्ण कामहरु सम्पादन गर्न मुस्किल हुनेछ । समयमो ख्याल नगर्दा परिस्थितिले नसोचेको बाटो लिन सक्छ, ध्यान दिनुहोला ।

वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । मंगलबार गणेशजी, शनिबार भैरवजी र सोमबार शिवजीको दर्शन गर्नाले राम्रो हुनेछ । साथै उदाउँदो सूर्यलाई अघ्र्य दिई शिवजीलाई जल चढाउनाले पनि ग्रहबाधा कम हुनेछ । 

मिथुनः समय अत्यन्तै शुभ छ । धार्मिक तथा शैक्षिक कार्यमा सहभागी हुने सम्भावना रहेको छ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्तबाट सहयोग पाईनेछ ।

मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । तपाइँले प्रत्येक दिन आफ्नो इष्टदेवको पूजा, हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । प्रतिकू समयमा शनिको मन्त्रजप गर्नुहोला । 

कर्कटः समय खराब रहनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ सहयोग नपाईने हुँनाले आफ्ना योजनाहरु अधुरै नै रहनेछन् । राज्यको विभिन्न पदमा बस्नेले समयमा काम नगर्दा कामहरु थाती रहनेछन् ।

कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । तपाइँले सोमवार शिवालयमा विशेष पूजा गर्नुहोला र शाकाहारी भोजन ग्रहण गर्नुहोला । बुधवार परेवालाई चारो र असहायलाई सहयोग गर्नाले पनि तपाइँको भाग्यमा वृद्धि हुने र मनोकांक्षा पनि पूरा हुनेछ । 

सिंहः समय शुभ छ । बिभिन्न अवसरको सहि तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलब्धि हात पर्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धनको भण्डार बढ्नेछ ।

सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । राहु तथा केतु ग्रहको नकारात्मक प्रभावबाट बच्न र वृहस्पति ग्रहको दोष शान्त पार्न शिव भगवानको पूजा गर्नुहोला ।

कन्याः समय सामान्य छ । तपाईको खुट्टा तान्ने मानिसहरु हावी हुँने तथा शत्रुहरु सलबलाउनेछन् । न्यायालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला अनावश्यक मुद्दा मामिला आईलाग्नेछन् । 

कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । यो राशि भएका व्यक्तिले हरियो कपडा लगाउदा राम्रो हुनेछ । 

तुलाः समय खराब छ । माया प्रेमको डोरो कसिलो हुनेछ भने प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । पढ्न लेखाईमा खासै मन नजादा अरुभन्दा पछि परिनेछ । 

तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । तपाइँले नीलो रंगको कपडा लगाउँदा मनमा शान्ति छाउनेछ । 

वृश्चिकः समय शुभ छैन । भौतिक सम्पति तथा सवारी साधनको खरिद बिक्री गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना हुन सक्छ । सतर्क हुनुहोला ।

वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । मन शान्त राख्नका लागि रातो रंगको कपडा लगाउदा राम्रो हुनेछ । 

धनुः समय शुभ छ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ । आम्दानीका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् भने सानो तिनो प्रयत्नले ठूलै काम सम्पादन हुनेछ ।

धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । प्रत्येक शनिबार पीपलमा जल चढाउन सके शनिग्रह शान्त हुनेछन् । पहेंलो रंगको कपडा लगाउदा शुभ हुनेछ । 

मकरः दिन र समय राम्रो रहनेछ । वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायी रहनेछ ।

मकर राशि भएका व्यक्तिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । आफ्नो मन शान्त राख्नका लागि कालो रंगको कपडा लगाउनुहोला । 
  
कुम्भः स्वास्थ्य भरपर्दो रहनेछैन । आफन्त तथा घर भित्रकै मानिसहरुले असहयोग गर्ने तथा हल्लाको पछि लाग्नाले दुःख पाईनेछ । मध्यान्हपछिको समय राम्रो रहेकाले यसअघि गरिएका लगानीबाट मनग्य आम्दानी हुनेछ । 

कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । तपाइँले हनुमान चालिसाको पाठ, शिवजीको दर्शन, पीपलको पूजा गर्नाले ग्रह पीडा कम हुनेछ । 

मीनः समय खराब रहनेछ । आज मानसिक चोट पर्ने कुरा कसैले गर्न सक्छ, अपमानित हुने ठाउँमा नजानु नै बेस, तपाईंको काम विगार्न आफन्त नै लाग्ने देखिन्छ । चनाखो हुनुहोला ।  

मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । शनिवार महामृत्युञ्जयको जप गरेर र कुकुरलाई रोटी दिनाले पनि काममा सफलता मिल्नेछ । साथै घर वरिपरि केराको वृक्ष लगाउनाले पनि भाग्यमा वृद्धि हुनेछ ।
 
साइतः आज चन्द्रमा मिथुन राशिमा छन् । त्यसैले पश्चिम र दक्षिण बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज शनिबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला
बिहान ५ः१५ बजेदेखि         ६ः५८ बजेसम्म         काल बेला
बिहान ६ः५८ बजेदेखि         ८ः४२ बजेसम्म         शुभ बेला
बिहान ८ः४२ बजेदेखि         १०ः२५ बजेसम्म         रोग बेला
बिहान १०ः२५ बजेदेखि        १२ः०९ बजेसम्म        उद्धेग बेला
बिहान १२ः०९ बजेदेखि        १ः५२ बजेसम्म         चर बेला
दिनमा १ः५२ बजेदेखि         ३ः३५ बजेसम्म         लाभ बेला
दिनमा ३ः३५ बजेदेखि         ५ः१९ बजेसम्म          अमृत बेला       
दिउँसो ५ः१९ बजेदेखि        ७ः०२ बजेसम्म          काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ