arrow

सर्वोच्च अदालतको निर्णय स्वागतयोग्यः माधव नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २८ सोमबार
madhav-kumar-nepal-media-brief.jpg

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधि सभा पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले गरेको निर्णयलाई स्वागत गरेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै संविधान, संसद र लोकतन्त्रको रक्षा भएको बताए ।

‘प्रतिनिधि सभा पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले गरेको निर्णयलाई स्वागत गर्छु, संविधान, संसद बच्यो लोकतन्त्र बच्यो,’ एमाले वरिष्ठ नेता नेपालले प्रतिक्रिया दिंदै भने ।

अदालतको सो फैसलाले संविधानमा रहेका अस्पष्टता पनि प्रष्ट भएको भन्दै अदालतको गरिमा पनि बढेको उनले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ