arrow

सडक विभाग बिहानैबाट चाकडीमा, देउवा निवास जाने बाटोको खाल्डाखुल्डी छोपिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
budanilkantha1.jpg

काठमाडौं। नेपाली कर्मचारीतन्त्र र प्रशासनको चाकडी गर्ने रोग कहिल्यै निको नहुने प्रकारले गाँजिएको छ। यसको ज्वलन्त उदाहरण हेर्न अन्त कतै जानु पर्दैन बुढानिलकण्ठ जाने बाटोको खाल्डाखुल्डी पुर्न लागेको हेरे पुग्छ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मंगलवार प्रधानमन्त्री नियुक्त हुने कुरा आए लगतै सडक विभागले उनको निवास जाने सडकका खाल्डाखुल्डी पुर्ने र पिच गर्ने काम शुरु गरेको छ।

लामो समयदेखि महाराजगञ्जदेखि उनको निवास बुढानिलकण्ठ जाने सडकमा खाल्डाखुल्डी रहेपनि त्यसलाई पुर्न विभागको चासो देखिएको थिएन्।  सर्वोच्चको देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेशसँगै सडक विभाग देउवाको चाकरीमा लागेको सडक प्रयोगकर्ताहरुले टिप्पणी गरेका छन्। सडकको मर्मत सम्भार नियमित गर्नु पर्ने सडक विभाग देउवा प्रधानमन्त्री नियुक्त हुनु अगाडी चाहि के हेरेर बसेको थियो एक सडक प्रयोगकर्ता विमल भट्टले प्रश्न गरे।

चक्रपथदेखि बुढानिलकण्ठ पुग्ने सडकमा पनि धेरै खाल्डाखुल्डी रहेको लामै समय भइसकेको छ। उक्त सडकमा नेपाल विद्युत् प्राधिकरणले तारहरू जमिनमुनि विच्छ्याउने काम गरिरहेको छ। उक्त खण्डमा उक्त काम सकिइसकेको भए पनि सडकमा बनेका खाल्डाखुल्डीहरु यथावत् रहेका थिए।

देउवा प्रधानमन्त्री बन्ने पक्का भएपछि उनको निवास जाने सहायक सडकमा रहेका खाल्डाखुल्डी पुर्ने र पिच गर्ने काम तीव्र पारिएको छ। नेपाली कर्मचारीतन्त्रमा रहेको चाकडी प्रथाको यो अनुपम उदाहरण हुन पुगेको छ।

लामो समय वास्ता नगरिएको सडकमा कुनै व्यक्ति शक्तिमा पुग्ने बित्तिकै उनलाई देखाउनका लागि काम गर्ने परिपाटीले हाम्रो विकासको लक्ष्य निकै टाढा हुँदै गएको भान हुने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ