arrow

प्रधानमन्त्रीमा देउवा नियुक्त, शपथको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
ser-badhur-deuba-niwas.jpg

काठमाडौं । सर्वोच्च अदालतको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई नियुक्त गरेकी छन् । देउवालाई प्रधानमन्त्री नियुक्त गरेसँगै केपी शर्मा ओली पदमुक्त भएका छन्।

तर नियुक्ती आधिकारिक विज्ञप्ति भने बाहिर आइसकेको छैन् । राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालले नियुक्ती भइसकेको संचारमाध्यमहरुलाई बताएका छन् । आज मंगलबार मंगलबार अपरान्ह ४ वा ६ बजे देउवालाई शपथ गराइने काकार्यक्रम  छ ।

संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। योसँगै देउवा पाँचौ पटक प्रधानमन्त्री बनेका छन् ।

देउवा २०५२ भदौमा पहिलो पटक प्रधानमन्त्री भएका थिए । २०५८ मा दोस्रो पटक, २०६१ मा तेस्रो पटक र संविधान जारी भएपछि २०७४ मा चौथो पटक प्रधानमन्त्री भएका थिए ।

संभवत नेपालको इतिहासमा पहिलो पटक अदालतको आदेशबाट देउवा प्रधानमन्त्री बनेका हुन् । सर्वोच्च अदालतले सोमबार देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश दिएको थियो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ