दिनहुँजसो ‘बेबी सावर’मा रमाउँदै प्रिंयका र आयुष्मान
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३० बुधबार
2.2k
Shares
काठमाडौं । अभिनेत्री प्रियंका कार्की आमा बन्ने तयारीमा छिन् । उनी एक महिनायता दिनहुँजसो ‘बेबी सावर’मा रमाइरहेकी छिन् ।
अभिनेता आयुष्मान देशराज जोशीसँग अघिल्लो वर्ष विवाह गरेकी उनी आफ्नो पहिलो सन्तान जन्माउने मितिको पर्खाइमा छिन् ।
हिजोआज उनले सामाजिक संजालमा आफू गर्भवती भएको खबर सार्वजनिक गर्दै दिनहुँ आफ्नो बेबी बम्पसहितका तस्वीरहरु पोष्ट गरिरहेकी छन् । उनी साथी र परिवारले आयोजना गरेको ‘बेबी सावर’ मा रमाइरहेकी छन् ।
केही दिनअघि उनका नजिकका साथीहरुले मिलेर ‘बेबी सावर’ आयोजना गरेका थिए । शनिवार आयुष्मानले पनि ‘बेबी सावर’ पार्टीको आयोजना गरेका थिए ।
आइतवार प्रियंकाले इन्स्टामा उत्कृष्ट ‘बेबी सावर’को आयोजना गरेकोमा श्रीमानलाई धन्यवाद दिँदै यो आफूहरुका लागि सर्वश्रेष्ठ वर्ष रहेको बताएकी छन् ।
उनले लेखेकी छन्, ‘हाम्रो चमत्कार र सानो राम्रो फूललाई स्वागत गर्न अब मबाट प्रतिक्षा हुन सक्दैन । तिम्रो (आयुष्मान) साथका कारण मेरो गर्भमा बढिरहेको जीवनलाई हामीले प्रेम, खुसी र नयाँ सुरुवातका लागि तयार गरेका छौं ।’