arrow

ललिता निवास जग्गा प्रकरणमा गच्छदार १० लाख धरौटीमा रिहा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३० बुधबार
bijaya-gachhada-nc-special-court.jpg

काठमाडौँ। ललिता निवास जग्गा प्रकरणमा मुसिएका नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदार दश लाख धरौटीमा रिहा भएका छन्। विशेष अदालतले उनलाई धरौटीमा रिहा गरेको हो। रिहा भएपछि उनले आफू न्यायालयमा विश्वास गर्ने व्यक्ति भएकोले सोहीअनुसार अघि बढ्ने बताए।

रिहा भएपछि गच्छदारले भने, ‘यो तथाकथित जग्गा प्रकरण हो। अख्तियारले ममाथि लगाएको अभियोग पत्र दूराग्रही, पूर्वाग्रही, पूर्ण रुपले प्रतिशोधपूर्ण छ। विशेष अदालतमा मुद्दा दर्ता गरेर आज जे निर्णय आएको छ त्यसलाई म सम्मान गर्छु।

यो भन्दा बढी म केही पनि राख्न चाहँदिन। धेरै उतारचढावबाट धेरै दिनपछि तपाईँहरूको बीचमा उभिएको छु। म छिट्टै मिडियाका साथीहरूलाई बोलाएर म आफ्नो धारणा सार्वजनिक गर्छु।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ