arrow

आउँदो साता जेफ बेजोसँग अन्तरिक्षमा जाने भए १८ वर्षे युवक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १ शुक्रबार
space jeff bezos.png

काठमाडौं । जुलाई २० अर्थात् आउँदो साता विश्वकै धनाढ्य व्यक्ति अर्थात् जेफ बेजोस अन्तरिक्षमा जाँदै छन् । उनकै अन्तरिक्ष सम्बन्धी कम्पनी ब्ल्यु ओरिजनले बनाएको अन्तरिक्ष यानमा उनी अन्तरिक्षमा जाने भएका हुन् ।

उनीसँगै अन्तरिक्षमा जाने भएका छन्, नेदरल्याण्डका १८ वर्षीय युवक ओलीभर डिमेन । यस्तै जेफ बेजोसँग उनका भाइ मार्क बेजोस पनि अन्तरिक्षमा जाने भएका छन् । ८२ वर्षीया उड्डयन महिला यात्री वाल्ली फंक पनि यो मिसनमा अन्तरिक्षमा जाँदै छन् ।

बेजाेसकाे कम्पनी ब्ल्यु ओरिजनकाे यो पहिलो व्यापारिक अन्तरिक्ष उडानले नयाँ कीर्तिमान राखेकाे छ । किनकि यो मिसनमा अन्तरिक्षमा गइरहेका १८ वर्षीय ओलीभर डिमेन अन्तरिक्षमा जाने सबैभन्दा युवा व्यक्ति बन्ने छन्, भने ८२ वर्षीया वाल्ली फंक सबैभन्दा वृद्ध व्यक्ति बन्ने छन् ।

ब्लुओरिजनले बेजोससँग अन्तरिक्षमा जान चाहने व्यक्तिका लागि भनेर २ करोड ८० लाख डलरमा सिट बेच्ने घोषणा गरेको थियो । १८ वर्षीय ओलीभरका पितालाई कति पैसामा सिट बिक्री भयो भनेर सार्वजनिक भने गरिएको छैन ।

बेजोससँग जानका लागि धेरै व्याक्तिले सिट खरिदका लागि आवेदन दिएकामध्ये ओलीभर छानिन सफल भएका हुन् । ओलीभर ४ वर्षदेखि नै अन्तरिक्षको विषयमा उत्सुक थिए ।

ओलीभर आउँदो सेप्टेम्बरदेखि नेदरल्याण्डको युट्रेक्ट विश्वविद्यालयमा फिजिक्स र इन्नोभेसन म्यानेजमेन्ट पढ्दै छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ