arrow

एमाले स्थायी कमिटी बैठकमा नेपाल पक्ष नेताहरू अनुपस्थित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १ शुक्रबार
uml-oil-nepal.jpg

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्षका नेताहरू अनुपस्थित रहेका छन्। नेकपा एमालेको स्थायी कमिटी बैठकमा ओली निकट नेताहरूको मात्र उपस्थिति रहेको छ।

माधव नेपाल पक्षका नेताहरूले स्थायी कमिटी बैठक र संसदीय दलको बैठक स्थगित गर्न माग गरे पनि ओलीले उक्त माग मानेनन् र बैठक सुरु गरे पछि नेपाल समूहका नेताहरू कार्यक्रम स्थलबाट बाहिरिएका छन्। 

पछिल्लो राजनीतिक घटनाक्रमले एमाले भित्रको राजनीति निकै तातिएको छ। माधव नेपालको अडानले ओली सरकार ढलेको आक्रोश ओली निकट नेताहरूमा रहेको छ। दुवै पक्षका दोस्रो तहका नेताहरू पार्टी मिलाउन तिर लागे पनि खासै उपलब्धि भएको छैन। नेपाल पक्षले कांग्रेस नेतृत्वमा सरकार बनाउन सहयोग गरेर पार्टीलाई घात गरेको ओलीले बालकोट निवासबाट सम्बोधन गर्ने क्रममा स्पष्ट पारिसकेका छन्। 

एमालेका दोस्रो तहका नेताहरू दुई नेतालाई मिलाउन सकिन्छ कि भनेर दौडधुपमा लागिरहेका छन्। नेपाल पक्षभित्र नयाँ पार्टी खोल्ने वा एमालेभित्रै रहेर सङ्घर्ष गर्ने भन्नेबारे छलफल चलिरहेको छ। स्थायी कमिटी बैठक पछि एमालेको संसदीय दलको बैठक पनि रहेको छ। उक्त बैठकमा अनुपस्थित हुने सांसदहरू बढ्ने श्रोतले बताएको छ। 

स्थायी कमिटी बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरू सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन् ।

पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने जनाए । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा अध्यक्ष ओलीले आफूहरू कुनै आवेग र उत्तेजनामा नआउने पनि स्पष्ट गरे । 

उनले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनः स्थापना हुने फैसलाप्रति असहमति रहने तर कार्यान्वयनमा जान अघि बढ्ने जनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ