arrow

एमाले एकता भाँडियो : ओलीले एकतर्फी भङ्ग गरे कार्यदल, नेपाल पक्षद्वारा बैठक बहिष्कार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १ शुक्रबार
UML-oli-meeting-new.jpg
फाइल तस्विर

काठमाडौँ । नेकपा एमाले भित्र भइरहेको एकताको प्रयास तत्कालका लागि भाँडिएको छ । शुक्रवार बसेको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्षका नेताहरूले स्थायी कमिटी र संसदीय दलको दुवै बैठक स्थगित गरेर सहमतिमा नै अर्को बैठक तय गर्न अध्यक्ष केपी ओलीलाई आग्रह गरेका थिए । 

तर ओली पक्ष नेपाल पक्षको मागमा सहमत नभएपछि नेपाल पक्ष स्थायी कमिटीबाट बाहिरिएको थियो । त्यसपछि ओली पक्षले पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिको १० बुँदालाई एक पक्षीय रूपमा अनुमोदन गर्दै कार्यदल नै विघटन गरेको हो । 

वार्ता र एकताका लागि गठित कार्यदल नै विघटन भएपछि तत्कालका लागि एकताको सम्भावना अब टरेको नेपाल पक्षका एक नेताले जानकारी दिए । ‘वार्ता र सहमतिका लागि बनाइएको कार्यदल विघटन भयो, हामी स्थायी कमिटीमा छैनौँ, हामी बसेनौँ,’ नेता नेपाल निकट नेता योगेश भट्टराईले हाम्रा कुरासँग भने । 

एमाले पार्टी एकता कायम गर्न भन्दै १० सदस्यीय कार्यदल बनाएको थियो । सो कार्यदलले २७ असारमा १० बुँदै सहमति गरेको थियो । एमाले अध्यक्ष ओलीले भने कार्यदललाई धन्यवाद दिँदै कार्यदल नै विघटन गरेका हुन् । बैठकको निर्णय बारे जानकारी दिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले कार्यदल विघटन गरिएको र अब संसदीय दलको बैठक बस्ने जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ