arrow

काठमाडौंमा ‘भेरोसेल’ खोप अभियान स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १ शुक्रबार
corona-vaccine-covid.jpg

काठमाडौं। सरकारले काठमाडौंमा कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप अभियान स्थगन गरेको छ । यही असार २९ गतेदेखि सुरु भएको अभियान खोप अभाव भएपछि स्थगन गरिएको हो । 

काठमाडौं स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले आज सूचना जारी गर्दै स्वास्थ्य कार्यालयमा रहेको खोप सकिएकाले स्थगन गरिने जानकारी दिए । खोप अभियान यही साउन दुई गतेसम्म सञ्चालन गर्ने भनिएको थियो । 

अभियानका लागि काठमाडौं जिल्लामा ४४  खोप केन्द्रबाट खोप उपलब्ध गराउँदै आइरहेको थियो । भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूहका नागरिकलाई उपलब्ध गराइएको थियो । चीनबाट करिब आठ लाख खोप आएपछि अभियान सञ्चालन भएको थियो । 



नयाँ