काल कहाँ छ के थाहा ? पानी सर्केर एमाले नेता तुम्बापोको निधन
जितेन्द्र भण्डारी,
प्रकाशित २०७८ साउन २ शनिबार
1.1k
Shares
पाँचथर। पानी पिउँदा सर्किएर शनिबार बिहान एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम ४ निवासी चन्द्र कुमार तुम्बापो रहेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमाले फिदिम नगर कमिटिका सदस्य चन्द्रकुमार तुम्बापोको पानी सर्केर निधन भएको हो । खानासँगै पानी पिउने हुँदा सर्किएर तुम्बापो सिकिस्त विरामी परेका थिए । तुम्बापोलाई पानी सर्केपछि निरन्तर खोकी लागेको थियो ।
उपचारार्थ पाँचथर अस्पताल ल्याई पुर्याउँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । तुम्बापोको निधन पछि मानिसको मृत्यु कहाँ कसरी लेखेको हुन्छ भन्दै स्थानियहरुले दुख मानेका छन्।