arrow

काँग्रेस संसदीय दल बैठक सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३ आइतबार
congress-parliament-meeting.jpg
फाइल तस्बिर

काठमाडौँ। नेपाली काँग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा काँग्रेस संसदीय दलको बैठक सुरु भएको हो। 

बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस सभापतिसमेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवासहित सांसदहरू सहभागी हुन पुगिसकेका छन्। बैठकमा प्रधानमन्त्रीले संसद्मा आज लिने विश्वासको मतसहित संसद्मा खेल्ने भूमिकाका विषयमा छलफल हुने बताइएको छ।

यसै गरी दलका नेता देउवाले प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री बनेपछि अर्को व्यक्तिलाई प्रमुख सचेतक तोक्नेसमेत सम्भावना छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ