- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। केपी ओली नेतृत्व सरकारमा जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षबाट राज्यमन्त्री भएकी रेणुका गुरुङ पनि कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेकी छन्। यादव पक्षले आइतबार बोलाएको जसपाको संसदीय दलको बैठकमा गुरुङ सहभागी भएकी छन्। उनले कित्ता परिवर्तन गरी आफ्नो तीर आएको यादव पक्षका नेताहरूले जनाएका छन्।
ठाकुर पक्षका ५ जना सांसद प्रमोद साह, रानी मण्डल,अमृता अग्रहरी, रुही नाथ र नरमाया ढकालले शनिवार कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका छन्। अब यादवको पक्षमा १८ जना सांसद रहेको छन्। ठाकुर पक्षकी एक सांसद दुलारी देवी खतवेले पनि कित्ता परिवर्तन गरी यादव पक्षमा जाने आश्वासन दिएको कित्ता परिवर्तन गरेका एक नेताले बताए।
ठाकुर पक्षबाट कित्ता परिवर्तन गरी यादव पक्षमा कम्तीमा ६ जना सांसद गएको र त्यसमा अझै एक-दुई जना थप हुने सम्भावना रहेको प्रमोद साहले जनाए।
ठाकुर पक्ष सरकारमा सहभागी हुँदा ठाकुरसँग २० जना यादवको पक्षमा १२ जना सांसद थिए। अहिले ठाकुर पक्षका सांसदहरू यादव पक्षमा जाने क्रम सुरु भएको छ। प्रतिनिधि सभामा जसपाका ३४ जना सांसद छन्। जसमध्ये दुई सांसद रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित अवस्थामा छन्।