arrow

श्रीलंकाविरुद्ध भारतको जित, बने दश रेकर्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ४ सोमबार
india-cricket-dhawan-captai.jpg

काठमाडौं । श्रीलंकाविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारतले ७ विकेटको जित निकालेको छ । कोलम्बोमा भएको खेलमा भारतले २६३ रनको विजयी लक्ष्य ३६.४ ओभरमा ३ विकेटको नोक्सानीमा पूरा गर्यो । 

भारतका लागि ओपनर पृथ्वी शाले २४ बलमा ४३ रन बनाए । पहिलो पटक भारतीय टिमको कप्तानी सम्हालेका शिखर धवनले नटआउट रहँदै ९५ बलमा ८६ रन जोडे । डेब्यु खेलाडी इशान किसानले ४२ बलमा ५९ रन तथा अर्का डेब्यु खेलाडी सूर्यनारायण यादवले २० बलमा नटआउट ३१ रन बनाए । धनन्जय डे सिल्भाले २ विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको घरेलु टिमले ९ विकेटको नोक्सानीमा २६२ रन बनायो । चामिका करुणारत्नेले ३५ बलमा नटआउट ४३ रन बनाए । कप्तान डासुन शनकाले ३९ रन बनाए । दीपक चहर, युजभेन्द्र चहाल र कुलदीप यादवले २–२ विकेट लिए । 

पृथ्वी शा प्लेयर अफ द म्याच बने । जितसँगै भारतले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । 

यी बने १० रेकर्ड रेकर्ड 
१, भारतले श्रीलंकाविरुद्ध सबैभन्दा बढी एक दिवसीय जित्ने देशको रेकर्ड बराबरी गरेको छ । भारत र श्रीलंकाबीच १६० एक दिवसीयमा भारतले ९२ खेल जितेर भारतले पाकिस्तानको बराबरी गरेको छ । 

२, शिखर धवनले अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पूरा गरेका छन् । उनले १० हजार ५१ रन बनाएका हुन् । उनी १० हजार रन बनाउने भारतका १४ औं खेलाडी हुन् । सचिन तेन्दुलकर ३४ हजार ३५७ रन बनाएर पहिलो स्थानमा छन् । 

३, धवनले सबैभन्दा तीव्र गतिमा रन जोड्ने क्रममा २३ रन बनाएपछि ६ हजार रन पूरा गरे । तीव्र गतिमा ६ हजार रन पूरा गर्ने उनी चौथो खेलाडी हुन् । १४० इनिङ्समा ६ हजार रन पूरा गरेका हुन् । उनीभन्दा अगाडि हशिम अम्ला १२३ इनिङ्स, विरोट कोहली १३६ इनिङ्स र केन विलियम्स १३९ इनिङ्स हुन् । 

४, धवनले एक दिवसीय करियरमा ५० पटक ५० प्लस रन बनाएका छन् । यसो गर्ने उनी भारतका दशौं ब्याट्सम्यान बने । यो रेकर्ड सबैभन्दा बढी सचिन तेन्डुकलरका नाममा १४५ पटक रहेको छ । 

५, श्रीलंकाविरुद्ध सबैभन्दा कम इनिङ्समा हजार रन पूरा गर्ने खेलाडी धवन बनेका छन् । उनले १७ इनिङ्समा यो रेकर्ड बनाएका हुन् । यसअघि यो रेकर्ड हशिम अम्लाको नाममा १८ इनिङ्स रहेको थियो । 

६, कप्तानका रुपमा पहिलो खेलमै धवनले ५० प्लस रन बनाउने भारतीय पाँचौं खेलाडी बनेका छन् । 

७, इशान किशनले ४२ बलमा ५९ रन बनाए । यसअघि उनले टी–२० को पहिलो खेलमा पनि अर्धसतक बनाएका थिए । दुवै डेब्युमा अर्धसतक बनाउने भारतका दोस्रो खेलाडी बने । यसअघि रोविन उथप्पाले यो रेकर्ड राखेका थिए । 

८, भारतले श्रीलंकामा श्रीलंकाविरुद्ध लगातार ९ एक दिवसीय जितेको छ । यो सबैभन्दा बढी हो । दक्षिण अफ्रिकाले लगातार ४ जित निकालेको छ । 

९, भारतले पावर प्ले (पहिलो १० ओभर) मा १ विकेटको नोक्सानीमा ९१ रन बनायो । यो सन् २०१३ पछि पहिलो ठूलो स्कोर हो । 

१०, श्रीलंकाका एक जना पनि खेलाडीले अर्धशतक नबनाए पनि उसले सबैभन्दा बढी स्कोर खडा गरेको छ । यसअघि उसले एक अर्धशतक बिना पाकिस्तानविरुद्ध सन् २००६ मा २५३ रन बनाएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ