arrow

मन्त्रिपरिषद् बैठक ४ बजेः  स्वास्थ्य मन्त्रालयले सचिव पाउने, केही सचिवको सरुवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ४ सोमबार
deuba-cabinet1-2078-03-29.jpg

काठमाडौं । आज सोमबार बेलुकी ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले साँझ ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

आजै बस्ने मन्त्रिपरिषद् ठकले स्वास्थ्य सचिव बनाउँदै छ । स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस भएको छ । तीन वर्षपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाबाटै सचिव पाउने भएको हो ।

सामान्य प्रशासन मन्त्रालयमा आजै विहान बसेको बढुवा समितिको बैठकले डा.रोशन पोखरेल, डा.दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम बढुवाका लागि सिफारिस गरिसकेको छ ।

बढुवा समितिले बाह्रौं तहमा बढुवा हुँदाको क्रमलाई हेरेर डा. पोखरेल, डा.सिंह र श्रेष्ठको नाम क्रमशः पहिलो दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको हो । यसैगरी मन्त्रिपरिषद् बैठकले केही सचिवहरुको सरुवा गर्नेसमेत बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ