arrow
ADVERTISEMENT

मन्त्रिपरिषद बैठकको निर्णय

सरकारले चार जलविद्युत आयोजनालाई दियो राष्ट्रिय वन क्षेत्र प्रयोगको स्वीकृति [भिडियो]

भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन, सुदन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
cabinet-26-02.jpg

काठमाडौँ। सरकारले चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तादीखोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

बैठकले निजामती सेवा १६औँ संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ। यस्तै, सरकारले विशालकुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ।

यसैगरी, पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुदन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको प्रवक्ता पोखरेलले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ