arrow

हाम्रोपात्रोका संस्थापक शङ्कर उप्रेतीद्वारा देवकोटाको बिदाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ५ मंगलबार
hamropatro-shankar-santosh.jpg

काठमाडौँ। हाम्रो पात्रोबाट सन्तोष कुमार देवकोटा बिदाइ भएका छन्। काठमाडौँको म्यारियट होटेलमा हाम्रोपात्रोका संस्थापक शङ्कर उप्रेतीले देवकोटाको बिदाइ गरेका हुन्।

उप्रेतीले ८ वर्ष लामो सहकार्यका लागि धन्यवाद दिँदै उनको योगदान संस्थाले भविष्यमा पनि सम्झिरहने भन्दै नयाँ यात्राका लागि शुभकामना दिए। बिदाइ कार्यक्रममा देवकोटाले आफूले नयाँ यात्रा सुरुवात गर्न लागेको जानकारी गराउँदै हाम्रोपात्रोको सफलताको कामना गरेका छन्।

देवकोटाले हाम्रोपात्रोमा आफ्नो समय अविस्मरणीय रहेको जानकारी गराउँदै नयाँ अध्याय प्रारम्भ गर्न लागेको र सबैबाट सद्भाव र सहयोगको अपेक्षा गरेको जानकारी गराए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ