arrow

भारत र श्रीलंकाबीचको दोस्रो खेलमा बने सात रेकर्ड, सिरिजमा कब्जा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ६ बुधबार
deepak-chahar-india-cricket.jpg

काठमाडौं । भारत र श्रीलंकाबीचको दोस्रो एक दिवसीय क्रिकेट खेल पनि भारतले जितेको छ । कोलम्बोमा भएको दोस्रो खेलमा मंगलबार राति ३ विकेटको जित निकाल्दै भारतले ३ खेलको सिरिजमा २–० ले कब्जा जमाएको छ । 

यो जितसँगै भारतले यो खेलमा पाँच रेकर्ड बनाएको छ । जबकि पहिलो खेलमा १० रेकर्ड बनेका थिए । खेलमा घरेलु टोलीले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेटको नोक्सानीमा २७५ रन बनायो । चरिथ असलंकाले ६५ तथा ओपनर खेलाडी अभिश्क फर्नान्डोले ५० रन बनाए । 

भुवनेश्वर कुमार र युजभेन्द्र चहलले ३–३ तथा दीपक चहरले २ विकेट लिए । जवाफमा भारतले ४९.१ ओभरमा ७ विकेटको नोक्सानीमा २७७ रन बनायो । आठौं नम्बरमा आएका दीपक चहरले अलराउन्ड खेल्दै ८२ बलमा नटआउट ६९ रन बनाए भने भुवनेश्वर कुमारले २८ बलमा नटआउट १९ रन बनाए । सूर्यकुमार यादवले डेब्यु सिरिजमै लगातार दोस्रो अर्धशतक बनाउने क्रममा ५३ रन बनाए । 

यो खेलमा विभिन्न ६ रेकर्ड बनेका छन् । 
१, भारतले श्रीलंकाविरुद्ध लगातार १० जितको रेकर्ड बनाएको छ । विश्वका अन्य कुनै पनि देशले लगातार १० जित निकालेका छैनन् । दक्षिण अफ्रिकाले लगातार ४ जित निकालेको छ । 

२, भारतले श्रीलंकाविरुद्ध लगातार नौ सिरिज जित निकालेको छ । एक दिवसीयमा अन्य कुनै पनि देशले श्रीलंकाविरुद्ध यो सफलता हासिल गर्न सकेका छैनन् । पाकिस्तानले सात सिरिजमा श्रीलंकालाई हराएको छ । 

३, शीर्ष तीन ब्याट्सम्यान जसले ५० रन बनाएनन् र पनि जित्यो टिम । शीर्ष तीन खेलाडी पृथ्वी शाले १३, कप्तान शिखर धवनले २९ तथा ईशान किशनले १ रन बनाए पनि जित्यो टिमले । सन् २०१५ मा जिम्बावे विरुद्धको अकल्याण्डमा भएको खेलपछि भारतले यो रेकर्ड राखेको हो । 

४, नम्बर ८ मा आएर श्रीलंकाविरुद्ध सबैभन्दा बढी रन बनाएर दीपक चहरले रेकर्ड राखे । यसअघि सन् २००९ मा रविन्द्र जडेजाले ६० रन बनाएका थिए । विश्व रेकर्ड भने इङल्याण्डका क्रिस वोक्सको नाममा सन् २०१६ मा नटआउट ९५ रनको रेकर्ड छ । 

५, भारतले श्रीलंकाविरुद्ध ९३ एक दिवसीय जितेर रेकर्ड राखेको छ । यसअघि पाकिस्तानको नाममा ९२ जितको रेकर्ड थियो । 

६, सफल रन पछ्याउनेमा ८ नम्बर ब्याट्सम्यान चहरले रेकर्ड राखेका छन् । उनले अजित अगरकरको रेकर्ड तोडेका हुन् । अगरकरले सन् २००० मा जिम्बावेविरुद्ध ६७ रन बनाएर भरातलाई जिताएका थिए । 

७, सूर्यकुमार यादवले डेब्यु सिरिजको लगातार दोस्रो खेलमा अर्धशतक (५३) बनाएर रेकर्ड बनाएका छन् । उनले पहिलो खेलमा पनि अर्धशतक बनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ