- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हेटौँडा । नेपाली काँग्रेसका संस्थापक एवं नेपालको पहिलो जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औँ स्मृति दिवसको अवसरमा बुधवार काँग्रेस मकवानपुरले विविध कार्यक्रम गरेको छ । काँग्रेस मकवानपुरले जिल्ला पार्टी कार्यालयमा रहेको वीपीको सालिकमा माल्यार्पणका साथै अन्तरक्रिया कार्यक्रमसमेत गरिएको थियो ।
त्यसै गरी वीपी स्मृतिको अवसरमा बुधवारै मकवानपुर गढी गाउँपालिका ५ र ६ नं वडाको वडा पार्टी कार्यालय उद्घाटन तथा वृक्षारोपण कार्यक्रम गरिएको छ ।
वीपी स्मृतिको अवसरमा गढी ५ र ६ का वडा सभापतिहरु दीर्घ बहादुर थापा र रामबहादुर दंगालको सभाध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यताकमा भएको कार्यक्रममा काँग्रेस मकवानपुरका सचिव आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रवक्ता प्रदीप कोइराला, जिल्ला सदस्य एवं सङ्गठन विभाग प्रमुख कृष्णप्रसाद सन्जेल, जिल्ला सदस्यहरू राजीव सुवेदी, अर्जुन दाहाल, अमृता थापा मगर, सूर्यबहादुर रुम्बा, दोर्जेलामा स्याङतान, सङ्घीय सभापति यतीराज सापकोटा, हेटौँडा उपमहानगर सभापति आनन्दराम पराजुली लगायतले वीपीको जीवनीको बारेमा कुरा राखेका थिए ।
कार्यक्रममा राप्रपाका जिल्ला सदस्य द्वय बद्रीप्रसाद अधिकारी र अर्जुनबहादुर रुम्बालगायत नेकपा र माओवादीका ४५ जना काँग्रेसमा प्रवेश गरेका छन् ।