arrow

आठ लाख भेरोसेल खोप आउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ७ बिहिबार
verocell-vaccine-china1623314936.jpg

काठमाडौं । सरकारले बिहीबार कोरोना भाइरस विरुद्धको खोप चिनियाँ भेरोसेल नेपाल ल्याउँदै छ । बुधबार चीनको बेइजिङ गएको नेपाल वायु सेवा निगमको जहाजले बिहीबार दिउँसो खोप काठमाडौैं अन्तर्राष्ट्रिय विमानस्थलमा उतार्ने छ । 

चीनबाट लगातार भेरोसेल खोप आउँदैछ । यसअघि गत असार २५ गते पनि आठ लाख डोज खोप चीनबाट ल्याइएको थियो । चीनसँग नेपाल सरकारले ४० लाख डोज खोप किनेको हो । सो अनुसार ८ लाख आइसकेको छ । आठ लाख आउने क्रममा छ । 

बाँकी खोप बिहीबार र शनिबार लिन जहाज बेइजिङ जानेछ । शनिबार गएर आइतबार लिएर नेपाल आउने छ । 

यसैबीच, सरकार परिवर्तन भएलगत्तै चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई देउवाको सरकारी निवास बालुवाटारमा भेट गर्दै चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा १६ लाख डोज खोप दिने बताएकी हुन् । 

यसअघि भने चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो । 



नयाँ