arrow

होन्डाको नाममा म्यासेन्जरमा 'स्क्याम म्यासेज', कम्पनीले जारी गर्‍यो यस्तो सूचना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ७ बिहिबार
honda annivesery facebook scam.PNG

काठमाडौं । बुधवार बेलुकी नेपालका थुप्रै फेसबुक प्रयोगकर्ताहरूको प्यासेन्जरको म्यासेजमा होन्डाको उपहार जित्न सकिने भन्दै म्यासेज आएको थियो । जापानी कार तथा मोटरसाइकल निर्माता कम्पनी होन्डाको ७० औं वार्षिकोत्सवको अवसरमा भन्दै बाइक र स्कुटर जित्न सकिने भन्दै उक्त म्यासेज आएको थियो ।

म्यासेजको लिङ्कमा क्लिक गरेपछि म्यासेज पाँच ओटा ग्रुप अथवा कम्तीमा २० जनालाई पठाउनुपर्ने र आफ्नो विभिन्न विवरण राख्न भनेर लेखिएको थियो । थुप्रै प्रयोगकर्ताले सो लिङ्कमा थिचेर भनिएका शर्तहरु पूरा गरेपछि मोटर साइकल र स्कुटर जितेको र ५ देखि ७ दिनभित्रमा डेलिभर गरिने कुरा समेत देखिएको थियो ।

तर, यो पुर्णरूपमा एक किसिमको साइबर आक्रमण हो । यसअघि समेत यसै किसिमले उपहार जित्न सकिने भन्दै यस्ता  यस्तै 'स्क्याम म्यासेज' आउने गरेका थिए ।

यी म्यासेज तयार पार्ने वेबसाइटहरूले प्रयोगकर्ताका विभिन्न विवरण चोरी गर्ने लक्ष्य राखेका हुन्छन् । यसबाट धेरै मानिसहरूको व्यक्तिगत जानकारी, त धेरैको सामाजिक सञ्जालको विभिन्न विवरण समेत चोरी हुन सक्छन् ।

यस्ता म्यासेज आएको खण्डमा क्लिक गर्नु हुँदैन । यद्यपि, धेरै मानिसहरुले झुक्किएर अथवा उपहार जित्ने आसमा क्लिक गरेको पाइन्छ ।

होन्डाको नेपाल स्थित कम्पनी होन्डा नेपालले नै कम्पनीले यस्तो कुनै पनि अभियान अघि नसारेको बताएको छ । 

होन्डा नेपालले एक सूचना जारी गर्दै यो लिङ्कमा क्लिक नगर्न आग्रह गरेको छ, साथै यो विषयमा फेसबुकलाई समेत रिपोर्ट गरिसकेको कम्पनीले जनाएको छ ।

यसअघि कोकाकोला कम्पनीले उपहार दिँदै गरेको भनेर पनि यस्ता म्यासेज आएका थिए । यस्ता म्यासेज ह्वाटसएप या फेसबुक  प्यासेन्जरमा सेयर पनि गर्नुहुँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ