arrow

अर्बपति अन्तरिक्षमा गएसँगै फेरियो मापदण्ड, बेजोस र रिचर्ड मानिएनन् अन्तरिक्ष यात्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १० आइतबार
jeff bezos space trvel.jpg

काठमाडौं । जुलाई ११ मा अमेरिकी अर्बपति सर रिचर्ड ब्य्रान्सन र जुलाई २० मा जेफ बेजोस अन्तरिक्ष यात्रामा गएका थिए । दुवै जना आ-आफ्नै कम्पनीले बनाएको यानमा अन्तरिक्षमा पुगेका हुन् ।

रिचर्ड अमेरिकी अर्बपति हुन्, भने जेफ बेजोस विश्वकै धनाड्य व्याक्ति हुन् । भर्जीन ग्यालेक्टिक कम्पनीको यानमा अन्तरिक्षमा रिचर्ड गएका थिए भने, ब्लु ओरिजिनको यानमा बजोस अन्तरिक्षमा गएका थिए ।

तर, रिचर्ड र बेजोसलाई अब अन्तरिक्ष यात्री नभनिने भएको छ । उनीहरूसँग गएका अन्य व्यक्ति पनि अन्तरिक्ष यात्री भनिने छैनन् । किनकी अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले अन्तरिक्ष यात्रीको परिभाषा बदलेको छ ।

अन्तरिक्ष यात्रामा जानेलाई मात्रै नभई जसले अन्तरिक्ष यात्राका लागि बन्ने उपकरण र जनस्वास्थ्यको सुरक्षामा बिशेष भुमिका निर्वाह गर्छ उनीहरु मात्रै अन्तरिक्ष यात्री कहलिने भएका छन् । व्यापारिक दृष्टिकोणले अन्तरिक्षमा गएका दुई अर्बपतिहरु आधिकारीक रुपमा अन्तरिक्ष यात्री नभनिने भएका हुन् ।

दुवै कम्पनीको मिसन सफल भएसँगै अब, अन्तरिक्ष भ्रमणका लागि जो सुकै पनि जान सक्ने सम्भावना प्रबल बनेको छ । यसा हुँदा अन्तरिक्ष भ्रमणमा जाने सबैलाई अन्तरिक्ष यात्री भन्नु भन्दा पनि बिशेष योगदान दिनेलाई अन्तरिक्ष यात्री भनिनुपर्ने निर्णय एफएएले गरेको देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ