arrow

गृह सचिवमा बाजी कसले मार्ला ?

logo
आकाश शर्मा
प्रकाशित २०७८ साउन १० आइतबार
home-ministry-nepal.jpg

काठमाडौं। आधा दर्जनभन्दा बढी बहालवाला सचिवहरू गृहसचिवमा नियुक्त लिन विभिन्न माध्यमबाट पहुँच प्रयोग गर्न थालेका छन् ।

सचिवहरुकोलागि गृहमन्त्रालय पहिलो आकर्षक कार्यालय हो । त्यसपछि अन्य मन्त्रालयहरु आकर्षक मानिन्छन् । मन्त्रालय बाहेकका राष्ट्रिय योजना आयोग, वित्त आयोग, जल तथा उर्जा आयोग, नेपाल ट्रष्टको कार्यालय जस्ता आयोगहरु सचिवहरुकोलागि कम आकर्षक कार्यालय मानिन्छन् ।  

सरकारको नेतृत्व फेरिने वित्तिकै गृह सचिव फेरिने परम्परा नै छ । त्यसैले गृहमन्त्रालयमा नियुक्ति लिन बहालवाला सचिवहरुको दौडधुप सुरु भएको छ । स्रोतका अनुसार एक दुई दिनमै सरकारले सचिवहरुको फेरफेर गर्ने तयारी गरेको छ । त्यसमा गृहसचिव पनि फेरिने सम्भावना धरै छ । 

वर्तमान गृहसचिव महेश्वर न्यौपाने भाग्यमानी गृहसचिव हुन । किनभने उनी झण्डै दुई वर्षसम्म गृहमै बसेका छन् । सरकार फेरिए पछि उनको हेरफेर हुने सम्भावना धेरै छ । त्यसो त, उनी पुन: गृहमै बस्न दौडधुप गरेका छन् । तर पनि उनी फेरि गृहमा बस्ने सम्भावना कम रहेको स्रोतको भनाइ छ । सरुवा भएको खण्डमा न्यौपानेले रक्षा वा संचार मन्त्रालय जान इच्छा देखाएको बुझिएको छ ।

राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीको नाम गृहसचिवको लाइनमा चर्चामा छ । केपी ओली नेतृत्व सरकारको पालामा डेमोक्रयाट भएको नाताले उनलाई कहिले कर्णाली प्रदेश त, कहिल आयोगहरुमा पठाइने गरिएको थियो । हाल उनी राष्ट्रिय योजना आयोगमा छन् । योजना आयोगमा जानु अघि उनी कर्णाली प्रदेशका प्रमुख सचिव थिए । कर्णाली प्रदेश तथा प्रदेश २ मा सकेसम्म कर्मचारी जान चाहन्नन् । गए पनि तुरुन्त सरुवा मिलाउने गर्छन्।

गृहसचिव हुने दौडमा भूमि व्यवस्था मन्त्रालयका सचिव टेकनारायण पाण्डे पनि छन्। अर्घाखाची घर भएका पाण्डे पद्मा अर्याल भूमि व्यवस्था मन्त्री हुँदा उनको रोजाइमा भूमि व्यवस्थामा गएका थिए । करिब एक वर्ष देखि उनी भूमि व्यवस्थामै छन् । उनलाई पद्माले विश्वास गरेकी थिइन ।

पद्माले केदार न्यौपानेलाई भूमि व्यवस्थाबाट सरुवा गराइ न्यौपानको ठाउँमा टेकनारायणलाई ल्याएकी थिइन । सचिवमा बढुवा हुनु अघि सहसचिव हुँदा टेकनारायण शिक्षा मन्त्रालयमा कार्यरत थिए । पद्मा पछि भूमि व्यवस्थामा शिवमाया तुम्बाहाम्फै आइन । उनी तुम्बाहाम्फेको पनि विश्वासिलो भए ।

यसैगरी सुदुर पश्चिम प्रदेशका प्रमुखसचिव मधुसूदन बुर्लाकाटी, प्रधामन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याल तथा स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि गृहसचिव हुन दौडधुपमा छन् ।

यसैगरी पर्यटन सचिव यादव कोइराला, श्रम सचिव सूर्य गौतम तथा संघीय मामिला सचिव एकनारायण अर्याल पनि गृहसचिव हुन प्रयास गरेका छन् । गौतम र एकनारायण अर्याल सहसचिवबाट सचिवमा बढुवा भए पछि पहिलो नियुक्ति काठमाडौमै पाउने भाग्यमानी सचिव हुन्।

सहसचिवबाट सचिवमा बढुवा भए पछि पहिलो नियुक्त काठमाडौं बाहिर गर्ने परम्परा छ  । तर पहुँचवाला सचिवहरुले भने आफनो पहिलो नियुक्त काठमाडौमै गराउने गर्छन । यसैगरी प्रदेश २का प्रमुखसचिव गोकर्णमुनि दवाडी पनि गृहसचिवको दौडमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ