arrow

प्रधानमन्त्रीको इज्जत गर्न नसकेका मन्त्रीहरुले आफ्नै इज्जत घटाए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ११ सोमबार
health-Umesh-news.jpg

काठमाडौं। प्रधानमन्त्री शेर बहादुर देउवाले आइतवार अपरान्ह उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरे। साझ ५ वजे उनको सपथ थियो। स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठको नियुक्ती सायद जनअपेक्षा अनुरुप नहुँदा प्रधानमन्त्री देउवाले पनि पहिलो गाँसमै ढुंगा भने झै सरकार विस्तारको पहिलो चरणमै आलोचना खेप्नु पर्‍यो।

नवनियुक्त राज्यमन्त्री श्रेष्ठले आगामी दिनमा केसरी काम गर्छन त्यसले पनि उनको बारेमा बनेका धारणा थप मजबुत बन्ने वा भत्कने नै छ। जति चर्चा श्रेष्ठको नियुक्तीमा भयो त्यतिकै चर्चा उनकै सपथ समारोहमा अन्य मन्त्रीहरुले प्रधानमन्त्री शेर बहादुर देउवाप्रति सामान्य शिष्टाचार नदेखाएको बिषयले बनायो। नेपाली राजनीति र राजनीतिकर्मीहरुको गिर्दो छवीलाई आइतवारको सपथ ग्रहण कार्यक्रमले उदाङगो पार्‍यो।

प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराउने कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजना गरिएको थियो । प्रधानमन्त्री देउवाले उभिएर राज्यमन्त्री श्रेष्ठलाई सपथ खुवाउन लागे । सोहि सपथ कार्यक्रममा सहभागि हुन पुगेका उनकै मन्त्रिपरिषद्का सबै मन्त्रीहरु भने सामान्य शिष्टाचार समेत नराखी गजधम्म कुर्सीमा बसिरहे ।

प्रधानमन्त्री आफैं उभिएर सपथ गराउँदा कम्तीमा पनि अन्य मन्त्रीहरू की फरक ठाउँमा बस्नु पर्‍थ्यो। सँगै बस्ने भए सँगै उभिनुपर्‍थ्यो। तर त्यतिको राजनीतिक संस्कार मन्त्रीहरुले देखाउन सकेनन्। मन्त्रीहरू बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, जनार्दन शर्मा र पम्फा भुसाल कुर्सीमा बसिरहेको तस्बिर सार्वजनिक भएपछि अहिले सरकार दोहोरो आक्रमणको शिकार भएको छ।

राज्यमन्त्री श्रेष्ठलाई बनाएको बिषयमा सरकार आक्रमणको केन्द्रमा थियो नै सरकारकै मन्त्रीहरुले प्रधानमन्त्रीको इज्जत गर्न नसकेको भन्दै फेरि अर्को कोणबाट पनि आलोचना भइरहेको छ। कतिपय आलोचकहरुले भने प्रधानमन्त्रीको इज्जत गर्न नसकेका मन्त्रीहरुले आफ्नै इज्जत घटाएको समेत टिप्पणी गरेका छन्। 

संचारकर्मी भुषण दाहालले लेखे, ‘राज्यको क्षयीकरणः कुनैपनि सभ्य मुलुकमा प्रधानमन्त्रीले आफ्नो स्थानबाट उभिएर राज्यमन्त्रीलाई सपथग्रहण गराउँदा मन्त्री मण्डल आ-आफ्नो मेचमा बसिरहन्छन ? मंत्री बन्ने लोभ र हतार मात्र होईन राज्य संस्कार सिक्ने चेष्टापनि देखाउ राजनीतिकर्मी हो।’

अर्का संचारकर्मी राजन कुइकेलले लेखे ‘जसरी देउवाले जनआकांक्षा विपरित मन्त्री बनाए, उसैगरी उनले शपथ दिलाउँदा उनैको मन्त्रिमण्डलका सदस्यले सामान्य शिष्टाचारसमेत नदेखाएर कुर्सीमै बसेर आचरणहीनताको पराकाष्ठा देखाए । हैट, संस्कारहीनता र राजनीतिक आचरणको पतन !!!'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ