arrow

चार दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालन

logo
रासस,
प्रकाशित २०७८ साउन १२ मंगलबार
beni.jpg
फाइल तस्बिर

गलेश्वर। पहिराका कारण अवरुद्ध बेनी–जोमसोम सडक चार दिनपछि सोमबार साँझदेखि सञ्चालन भएको छ। हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडक खण्डको विभिन्न ठाउँमा पहिरो गएपछि गत शुक्रवारदेखि अवरुद्ध भएको थियो।

वर्षाका कारण ढुङ्गा, माटो र लेदोसहितको पहिरो  खसेर बन्द भएको सडकको अवरोधलाई हटाएपछि सोमबार साँझदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

सडक खण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रे भिरलगायतका स्थानमा पहिरो गएकाले शुक्रवार बिहानैदेखि सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा मुस्ताङ र उत्तरी म्याग्दीका गाउँहरूमा जान हिँडेका यात्रु समस्यामा परेका थिए। सडक खुलेसँगै बीच बाटोमा अलपत्र परेका यात्रु र सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन्।

बन्द सडक खुले पनि पहिराको जोखिम भने कायमै रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए। वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेकाले ठाउँ ठाउँमा पहिरो जाने क्रम भने रोकिएको छैन। यात्रु तथा सवारी साधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको प्रहरी निरीक्षक गुरुङले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ