arrow

मन्त्रिपरिषद विस्तार गर्न सत्तारुढ गठबन्धनका नेताहरु छलफलमा, देउवा र प्रचण्डबीच भेट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १२ मंगलबार
deuba-prachanda-yadav-oppos.jpg

काठमाडौं । मन्त्रिपरिषद विस्तार गर्न सत्तारुढ गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । सोमबार जनता समाजवादी पार्टी जसपाको विवाद समाधान भएसँगै शीर्ष नेताहरुले भेटघाटलाई बाक्लो बनाएका छन् ।

यसै सिलसिलामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार विहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरवहादुर देउवासँग सरकार विस्तारका विषयमा छलफल गरेका छन् ।

त्यस्तै  निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै उपेन्द्र यादवले जनता समाजवादी पाटी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।

मंगलबार २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकमा सरकारमा सहभागिताका लागि मन्त्रीहरु को को पठाउने र पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयनका विषयमा छलफल हुने कार्यकारिणी सदस्य रामनरेश राय यादवले बताएका छन् ।

यता नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्दैछ । मंगलबार बिहान १० बजे बस्ने बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाउने साथै मन्त्रिपरिषद विस्तारका विषयमा पनि छलफल हुने बताइएको छ । 

प्रधानमन्त्री देउवाले पार्टीमा सल्लाह नगरी मन्त्रीहरु नियुक्त साथै स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई ल्याइएकोमा कांग्रेसभित्र असन्तुष्टी बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ