arrow

जमिनदारबाट बुद्धका शिष्यले सिकेको पाठ

logo
बुद्ध
प्रकाशित २०७८ साउन १२ मंगलबार
Buddha.advice2_.jpg

काठमाडौँ । महात्मा गौतम बुद्ध आश्रममा बसेर सत्सङ्ग सुनाइ रहेका थिए । त्यहि समय उनका एक शिष्य त्यहाँ आए र रिसाउँदै भने- 'गुरुजी एक जमिनदारले मेरो अपमान गरे। हजुर तुरुन्तै गएर ती मूर्खलाई पाठ सिकाउनुपर्‍यो।'

शिष्यको यस्तो कुरा सुनेर बुद्धले मुस्कुराउँदै भने- 'प्रिय शिष्य! तिमी एक बौद्ध हौ र सच्चा बौद्धलाई अपमान गर्न सक्ने शक्ति कसैसँग हुँदैन। तिमी त्यो घटनालाई भुल्ने कोसिस गर, तिम्रो अपमान आफै हट्नेछ।'

बुद्धको  कुरा सुनेर पनि ती शिष्यको मन मानेन । उनले भने- 'गुरुजी ती धूर्तले हजुरलाई पनि नराम्रो शब्द प्रयोग गरेर गाली गरे। हजुर गएपछि उसको बुद्धि फिर्नेछ र क्षमा माग्नेछन्। अनि बल्ल म सन्तुष्ट हुनेछु।'

शिष्यको मनमा प्रतिकार र बदलाको भावना प्रबल हुन थालिसकेको बुद्धले बुझिसकेका थिए । उनले केही विचार गरे र भने- 'ठिकै छ। यदि त्यस्तै हो भने म अवश्य उनलाई भेट्नेछु र सम्झाउने कोसिस गर्नेछु। हामी भोलि बिहानै जानेछौँ।' शिष्यले पनि हुन्छ भनी गुरुलाई प्रणाम गरे।

बिहान भयो, घाम झुल्कियो, शिष्य पनि आफ्नै काममा लाग्न थाले भने बुद्ध साधनामा! त्यो दिन यत्तिकै बित्यो, शिष्यले पनि केही भनेन बुद्धले पनि सोधेनन्। अर्को दिनमा चाहिँ बुद्ध स्वयंले शिष्यलाई सोधे- 'आज जमिनदारकोमा जाने हैन?' 

तब शिष्यले नम्र हुँदै भने- 'नजाने गुरुजी! मैले त्यस घटनालाई धेरै पटक सोचेँ र यो महसुस गरेँ कि गल्ती मेरै थियो। मलाई मेरो गल्तीको पश्चात्ताप पनि छ। अब उनलाई भेट्ने कुनै आवश्यक छैन ।' तब बुद्धले हाँस्दै भने- 'त्यसो भए त हामी जमिनदारलाई भेट्न अवश्य पनि जानुपर्ने हुन्छ। आफ्नो गल्तीको लागि क्षमा याचना गर्नुपर्छ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ