arrow

बालुवाटारमा सत्तागठबन्धन बैठक : मन्त्रीपरिषद् विस्तारबारे छलफल

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ साउन १३ बुधबार
balwatar-deuba-meet-prachanda-nepal.jpg

काठमाडौँ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन आबद्ध दलको बैठक सुरु भएको छ। बालुवाटार स्रोतका अनुसार बैठकमा मन्त्रीपरिषद् बिस्तार बारे छलफल हुँदैछ। साथै, सरकारको नीति तथा कार्यक्रम बारे पनि छलफल हुने बताइएको छ। 

बैठकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायण काजी श्रेष्ठ ,जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोककुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल, गठबन्धनको बैठकमा एमाले माधव कुमार नेपाल समूहबाट डा. विजय पौडेल सहभागी रहेको छ।

माओवादी केन्द्रले आज नै आफ्ना तर्फबाट मन्त्री बन्नेहरूको नाम टुङ्गो लगाउँदै छ। यस्तै जसपाले समेत आज सो विषय बारे टुङ्गो लगाउन कार्यकारिणी समितिको बैठक बोलाएको छ।

काँग्रेस भित्र पनि मन्त्री टुङ्गाउने विषयमा आन्तरिक छलफल हुँदै आएको छ। तर गठबन्धनका अन्य दलबाट टुङ्गाएर आन्तरिक नाम टुङ्गाउने काँग्रेसको तयारी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक ०९:४० बजेदेखि सुरु भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ