arrow

सत्ता गठबन्धन बैठक: बुधबार ‘पावर शेयरिङ’को विषय टुङ्याएर विहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १३ बुधबार
gov-alliance-deuba-dahal-5-parties.jpg

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न सत्ता गठबन्धन आबद्ध दलको बैठकले ‘पावर शेयरिङ’का विषयमा छलफल गरेको छ ।

मन्त्रिपरिषद विस्तारका विषयमा भएको छलफलमा गठबन्धन आबद्ध दलहरुले पावर शेयरिङका विषयमा आ–आफ्नो दलभित्र छलफल गर्ने र विहीबारसम्ममा मन्त्रिपरिषद विस्तार गर्ने विषयमा सहमति नजिक पुगेका छन् ।

बालुवाटार स्रोतले भन्यो, ‘बुधवार दिनभर गठबन्धन सम्बद्ध दलहरुले आन्तरिक तयारी गर्ने र बुधबार साँझ पुनः बैठक बसेर पावर शेयरिङको विषय टुङ्याउने र विहीबारसम्ममा मन्त्रिपरिषद विस्तार गर्ने विषयमा छलफल भयो ।’ बैठकमा सरकारको नीति तथा कार्यक्रम बारे पनि छलफल भएको छ ।

सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार नै बस्दैछ भने जनता समाजवादी पार्टी जसपाले पनि कार्यकारिणी बैठक बोलाएको छ । ती दलले मन्त्रीहरुको नामावली टुङ्याउने विषयमा छलफल गरिरहेका छन् । माओवादी केन्द्रले पनि आज नै आफ्ना तर्फबाट मन्त्री बन्नेहरूको नाम टुङ्गो लगाउँदै छ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायण काजी श्रेष्ठ ,जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा। बाबुराम भट्टराई, अशोककुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल, गठबन्धनको बैठकमा एमाले माधव कुमार नेपाल समूहबाट डा.विजय पौडेल सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ