arrow

कुरा मर्यादाको

राज्यमन्त्रीको शपथमा बसेका मन्त्रीहरू उपाध्यक्षको शपथमा उभिए

सर्वत्र आलोचना पछि सुधारियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १४ बिहिबार
Yojana-aayog-sapath.jpg

काठमाडौं। आइतबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको शपथ समारोहमा प्रधानमन्त्रीको मर्यादालाई ख्याल नराख्दै कुर्सीमा बसेका मन्त्रीहरू बिहीबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष सहित सदस्यहरूको शपथ समारोहमा भने उभिएका छन्।

प्रधानमन्त्री शेर बहादुर देउवाले राज्यमन्त्री श्रेष्ठलाई शपथ गराइरहेको बेलामा मन्त्रीहरू बसिरहेको तस्बिर बाहिरिएपछि सर्वत्र आलोचना भएको थियो। 

मन्त्रीहरूले प्रधानमन्त्रीको मर्यादाको ख्याल गर्दै इज्जत गर्न नजानेको भन्दै आलोचना भएपछि यस पटकको शपथ कार्यक्रममा भने मन्त्रीहरूले त्यो गल्ती गरेनन्। 

बिहीबार प्रधानमन्त्रीले आयोगका उपाध्यक्ष विश्व पौडेलको शपथ गराएका हुन्। शपथ समारोहमा मन्त्रीहरू सहभागि थिए। उनीहरू सबै शपथ कार्यक्रममा उभिएको तस्बिर सार्वजनिक भएको हो। 

प्रधानमन्त्री आफैं उभिएर शपथ गराउँदा कम्तीमा पनि अन्य मन्त्रीहरू की फरक ठाउँमा बस्नु पर्थ्यो, सँगै बस्ने भए सँगै उभिनुपर्थ्यो भन्दै आलोचकहरूले राजनीतिक संस्कार मन्त्रीहरूले देखाउन नसकेको जनाएका थिए। आइतबारको शपथ समारोहमा मन्त्रीहरू बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, जनार्दन शर्मा र पम्फा भुसाल कुर्सीमा बसिरहेको तस्बिर सार्वजनिक भएको थियो। 

यो पटक भने आइतबार शपथ लिएका राज्यमन्त्री उमेश श्रेष्ठ सहित सबै मन्त्रीहरू उभिएका हुन्।

सम्बन्धित समाचार:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ