arrow

ट्विटरमा 'सपिङ फिचर' थपिंदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १४ बिहिबार
twitter.png

काठमाडौं। ट्विटरले एपमा अब नयाँ सपिङ फिचरको सेक्सन थप गर्ने भएको छ । हाल परीक्षणका क्रममा रहेको यो फिचर सार्वजनिक भएपछि विभिन्न ब्रान्डहरूले सपिङ सेक्सन एड गर्न सक्नेछन् ।

यो नयाँ फिचरले विभिन्न प्रोडक्टहरु ट्विटर एपभित्रै रहनेर हेर्न सकिने र खरिद गर्न सकिने सेवा उपलब्ध गराउने छ ।

धेरै मानिसहरूले ट्विटरमा सामान खरिद गर्न सकिनेबारे कुरा गरिरहँदा अहिले कम्पनीले यसमै काम गरिरहेको ट्विटरले जनाएको छ । अहिले आईओएस प्रयोगकर्ताहरुकोमा साना ब्रान्डहरूमाथि यसको परीक्षण भइरहेको कम्पनीले जनाएको छ ।

फेसबुक र ईन्सटाग्रामलगायतका सामाजिक सञ्जालमा यसअघि नै यस्तो सुविधा रहेको छ । यो नयाँ फिचर कहिले सार्वजनिक हुन्छ भन्नेबारे भने कम्पनीले जानकारी गराएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ