arrow

नेपालले नेम्वाङलाई सोधे, 'ओली महाराजसँग कसरी मिल्ने ?'

आममाफी दिने ओलीको भाषण नेपाललाई देखाउनेको खोजी तीव्र

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ साउन १४ बिहिबार
madhav-kumar-nepal-media-brief.jpg
फाइल तस्बिर

काठमाडौँ। एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच संवाद गराउने प्रयास एक सातादेखि असफल भएको छ। बिहीवार दिउसो सुवास नेम्वाङले संवाद खुलाउने प्रयास गरेको भए पनि त्यो असफल भएको हो। ‘तपाईँहरू दुई जना बसेर विवाद निरूपण गर्नुपर्‍यो अब धेरै ढिला गर्नु हुन्न चाडै गरौँ’, सुवास नेम्वाङले भनेका थिए। तर माधव नेपालले ठिकै छ ओलीसँग कुराकानी गरौला म अरूसँग पनि कुरा गर्दै छु भनेर टारेका थिए।

बिहीवार दिउँसो नेपाल र नेम्वाङबीच दुई घण्टा कुराकानी भएको थियो। त्यस क्रममा नेपालले ओलीसँग विश्वास गर्ने कुनै आधार नभएको बताएका थिए। ‘ओलीले हामीलाई अपराधी करार गरिसकेका छन् अनि कसरी विवाद निरूपण हुन्छ उहाँचाहिँ राजमहाराजा हामी चाहिँ अपराधी यो कसरी विवाद निरूपण हुन्छ’, नेपालले नेम्वाङसँग भनेका थिए।

नेपालले उपनेता सुवास नेम्वाङले भेटेर विवाद टुङ्ग्याउन आग्रह गरेका छन्। नेम्वाङले नेता नेपाललाई भेटेर पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन र ओलीसँग संवाद गर्न आग्रह गरेका छन्।

दश बुँदे सहमति जुटाउने कार्यदलमा अध्यक्ष केपी शर्मा ओली तर्फबाट नेम्वाङ संयोजक थिए। ‘एकताको सन्दर्भमा कुराकानी छलफल भयो। तपाईँ र अध्यक्ष कमरेड भेटघाट गर्नुहोस्, कुराकानी गर्नुहोस्, एकतालाई निष्कर्षमा पुर्‍याउनुपर्छ भनेको छु,’ नेम्वाङले भने।

दश बुँदे सहमतिको जगमा उभिएर अगाडि बढ्न आग्रह गरेको उनले बताए। दश बुँदे सहमति गरेका छौँ, यसलाई टुङ्गोमा पुर्‍याउनुपर्छ, अब अध्यक्ष र तपाईँ कुराकानी गरेर अगाडि बढ्न मात्रै बाँकी छ,’ नेम्वाङको भनाई थियो। तर नेपालले यो विषयमा धेरै ध्यान दिएनन्। उनले ठिकै छ, छलफल गरौँला नि अरूसँग पनि भेटघाट गर्छु भनेका थिए।

साउन ७ गते पुष्पलाल स्मृति दिवसमा सम्बोधन गरेर फर्केका एमालेका वरिष्ठ नेता नेपालले आफ्ना निकट नेताहरूलाई बोलाएर पार्टीको विवाद मिल्ने अवस्थामा पुगेको बताएका थिए। तर ओलीले त्यही दिन एमनेस्टी इज ग्राण्डेट’ भनेपछि भड्केका नेपाल अहिलेसम्म बद्लिन सकेका छैनन्। उनले सात गतेपछि ओलीसँग सँगै बस्न सकिँदैन कसकसलाई जानुपर्नेछ मिलाउनुपर्ने छ मिलाए हुन्छ भनेर पन्छिएका छन्।

‘साता गते साँझ माधव नेपाललाई ओलीले बोलेको भिडियो देखाएपछि भड्केका हुन् अहिलेसम्म सम्झाउँदा पनि सकिएन’, एक नेताले भने। उनका अनुसार सात गते बेलुकी नेपाललाई भिडियो देखाएर पार्टी विरोधी कुरा लगाउने मान्छेको खोजी भइरहेको छ।

‘सात गते पुष्पलाल स्मृति दिवसका दिन केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्दै ओलीले आममाफी घोषणा गरेपछि त्यसपछि नेपाललाई लाग्यो संविधान विरोधी काम गर्ने ओलीचाहिँ महाराजा हुने भन्ने प्रश्न उठाएका छन्’, नेपाल निकट एक नेताले भने। 

ओलीले माफी दिन्छु भनेका भोलिपल्ट नेपालले ओली राजामहाराजा भएछन् भन्दै कटाक्ष मात्रै गरेनन् पाँच दलको गठबन्धनको बैठकमा सहभागी भएका थिए। त्यसपछि भएका बैठकमा पनि डा. विजय पौडेललाई पठाएर गठबन्धनमा निरन्तरता दिएको सन्देश दिइरहेका छन्। तर उनले सरकारमा जान भने असहमति जनाएका छन्। ‘सरकारमा नजाने तर नियुक्तिहरूमा अधिकतम उपयोग गर्ने तयारी छ’, नेपाल निकट एक नेताले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ