arrow

पूर्व सांसद अकबरको निधन, देउवाले भने- मलाई स्तब्ध बनाएको छ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १५ शुक्रबार
sher-bahadur-deuba.jpg.jpeg

काठमाडौँ ।  दार्चुलाका पूर्व सांसद अकबरबहादुर सिंहको शुक्रवार निधन भएको छ ।   ९० वर्षको उमेरमा काठमाडौँको गौशाला तिलगंगामा सिंहको निधन भएको हो । 

दार्चुला जिल्ला मार्मा गाउँपालिका वडा नं. ५ निवासी  सिंह वि.सं. २०४८ सालमा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए ।  सिंहले नेपाली काँग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए । 

सिंह सामाजिक क्षेत्रमा समेत क्रियाशील रहँदै आएका थिए । उनको निधनबाट काँग्रेस पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनको निधनप्रति नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्-“पूर्व सांसद अकबरबहादुर सिंहको निधनको खबरले मलाई स्तब्ध र दुःखित बनाएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा उहाँले पुर्‍याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उहाँको आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ