arrow

नेपाल शिक्षक महासङ्घको रिले अनसन सम्पन्न 

logo
नारायण वली,
प्रकाशित २०७८ साउन १५ शुक्रबार
sikchak-butwal.JPG

रुपन्देही । नेपाल शिक्षक महासङ्घको आन्दोलनको कार्यक्रम अनुसार लुम्बिनी प्रदेश अन्तर्गत शिक्षा तथा सामाजिक विकास मन्त्रालयमा शुक्रवार रिले अनसन सम्पन्न भएको छ ।

शिक्षकहरूका विभिन्न मागहरू रहेको र उक्त मागहरूलाई पुरा गर्नका लागि सम्बन्धित निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत कुनै वास्ता नगरेकाले रिले अनसन गरिएको नेपाल शिक्षक सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष अर्जुन योगीले बताए।

शुक्रवार स्थानीय तह प्रदेश र सङ्घीय सरकारलाई ध्यानाकर्षण गराउने उद्देश्यले शिक्षकहरूका समस्या समाधानका निम्ति सरकारले विशेष चासो दिनु पर्ने रिले अनसनमा बसेका शिक्षकहरूले बताएका थिए ।

लुम्बिनी प्रदेश सरकारको शिक्षा तथा सामाजिक विकास मन्त्रालय बुटवलमा प्रदेशका विभिन्न जिल्लाहरूबाट बुटवल आइपुगेका शिक्षकहरूले आफ्ना मागहरू पुरा नहुँदा सम्म आफूहरू अन्तिम सम्म नैतिक रूपमा लडिरहने बताए ।

लुम्बिनी प्रदेशका अध्यक्ष योगीले हाम्रा कुरा सँग कुरा गर्दै भने हामीले धेरै पटक यस्ता अनसन मन्त्री फेरिए पनि बस्यौ तर कुनै सुनुवाइ भएन यसमा हामी दुखी छौँ । 

शिक्षकहरूका मागहरू नितान्त श्रमजीवी शिक्षकहरूको हितको लागि भएको भन्दै सरकार माग पुरा गर्न तर्फ तत्परता नदेखाउनु आम शिक्षकहरूको मर्म विपरीत भएको जिकिर गरे ।

यस्तै अनसनमा बसेका शिक्षकहरूले भने शान्ति पूर्वक गरिँदै आएको आन्दोलनलाई सरकारले ध्यान नदिएको र यस्ती हो भने आफूहरू बाध्य भएर कडा रूपमा आन्दोलनका कार्यक्रमहरु गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ