arrow

अत्यधिक गर्मी बढेसँगै विद्यालयमा चार दिन बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २५ सोमबार
nepalgunj2.jpg

बाँके। नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्रका सम्पूर्ण सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरूमा चार दिनका लागि गर्मी बिदा दिएको छ ।

उपमहानगरपालिकाले जेठ २६ देखि २९ गतेसम्म विद्यालयहरू बन्द रहने जनाएको छ ।

नगर कार्यपालिकाको कार्यालयले सोमबार जारी गरेको सूचनामा अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै बिदा दिइएको जनाएको छ ।

स्थानीय तहले मौसमीय अवस्थालाई ध्यानमा राखेर विद्यार्थीको स्वास्थ्य सुरक्षा प्राथमिकतामा राख्दै यस्तो निर्णय गरिएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ