- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सांसदले मुलुकमा फैलिरहेको कोभिड-१९ नियन्त्रण र विपद् जोखिम न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुक्रवारको बैठकको शून्य समयमा उनीहरुले नागरिकको जीवन सुरक्षाका लागि गम्भीरतापूर्वक कदम चाल्न सरकारसँग अनुरोध पनि गरे ।
बैठकमा सांसद देवेन्द्र पौडेलले कोभिड-१९ महामारी नियन्त्रणका लागि खोपको उचित प्रबन्ध गर्न ढिला भइरहेकामा चिन्ता प्रकट गरे । उनले भने, “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट नयाँ भेरियन्टको कुरो आएको छ, तर व्यवस्थित र प्रभावकारीरुपमा खोप लगाएको पाइएन, नागरिक लामो लाइनमा उभिएर सास्ती खेप्न बाध्य छन्, त्यसतर्फ ध्यान जाओस् ।”
नेपाली कांग्रेसका सांसद डा डिला सङ्ग्रौलाले सबै नागरिकलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउनुपर्नेमा जोड दिइन् । उनले महिला बेपत्ता भइरहेको सन्दर्भ जोड्दै आवश्यक कदम चाल्न पनि सरकारसँग अनुरोध गरिन् ।
अर्का सांसद पुष्पा भुसालले विगतको सरकारका कारण कोभिड-१९ नियन्त्रण प्रभावकारी हुन नसकेको आरोप लगाउँदै यसतर्फ गम्भीर हुन सरकारको ध्यानाकृष्ट गरिन् ।