arrow

देशभरका तुइन हटाउन गृहमन्त्रीको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १७ आइतबार
grihaa.jpg

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले देशभर संचालनमा रहँदै आएका तुइन हटाउन निर्देशन दिएका छन् ।

आइतबार गृह मन्त्रालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाँणले देशभर तुइन भएका स्थानमा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

शुक्रबार महाकाली नदीमा रहेको तुइन तर्ने क्रममा नेपाली युवा नदीमा खसेर बेपत्ता भएका थिए । त्यसपछि तुइन हटाउने विषयमा गृह मन्त्रीको यस्तो निर्देशन आएको हो ।

बैठकमा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल ,मुख्य अनुसन्धान निर्देशक गणेश प्रसाद अधिकारी गृह प्रवक्ता फणीन्द्रमणि पोखरेल लगायतको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ