arrow

गृहमन्त्रीले दार्चुला घटनाबारे भनेः हामी जुनसुकै अडान लिन तयार छौं

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १८ सोमबार
balkrishna_khad11.jpg

काठमाडौं । दार्चुलामा तुइनबाट खसेर जयसिंह धामी बेपत्ता भएको घटनाबारे गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय सभामा जवाफ दिएका छन् ।

सोमबारको राष्ट्रिय सभा बैठकमा सांसदहरुबाट उठेका प्रश्न र दार्चुला घटनाबारे जवाफ दिंदै गृह मन्त्री खाँणले घटनाको गम्भीर रुपमा छानविन थालिएको बताए ।

‘घटनाको गम्भीर रुपमा छानविन थालिएको छ, गृह मन्त्रालयले बनाएको छानविन समिति घटनास्थल पुग्दै छ, समितिको निश्कर्ष कुरौं, त्यसपछि हामी जुनसुकै अडान लिन तयार छौं,’ गृहमन्त्री खाँडले राष्ट्रिय सभा बैठकमा धारणा राख्दै भने ।

गत शुक्रबार महाकाली नदीमा तुइन तर्नेक्रममा भारतीय सीमा सुरक्षा बलका जवानले तुइन काटिदिएपछि महाकालीमा खसेर दार्चुलाका जयसिंह धामी बेपत्ता भएका थिए । हालसम्म पनि उनको अवस्था अज्ञात छ ।

गृहमन्त्री खाँणले राष्ट्रिय सभामा बोल्दै स्थानीय प्रहरी प्रशासन र सीमा सुरक्षाका पाँचवटा बेसबाट हराएका व्यक्तिको खोजी भइरहेको पनि जानकारी दिए ।

सांसदहरुले भने भारतीय एसएसबीले तुइन काटिदिंदा धामी नदीमा खसेको प्रत्यक्षदर्शीहरुले बताएको भन्दै आइरहेका छन् । गृहमन्त्रालयले बनाएको समितिलाई घटनाको छानविन गर्नका लागि १० दिनको समय दिएको छ । सो घटनाको छानविनका लागि गृहमन्त्रालयले सहसचिवको नेतृत्वमा छानविन समितिसमेत बनाएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ