arrow

पारस खड्काको सरप्राइज ! अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १९ मंगलबार
paras-khadka.jpg.jpeg
तस्वीर–फाइल ।

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका खेलाडी खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । पूर्व कप्तान पारसले मंगलबार बिहानै विज्ञप्ति निकाल्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन् ।

उनले विज्ञप्तिमा लेखेका छन्, ‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवाला प्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले संन्यास लिने निर्णय लिएको छु । नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो ।’


नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तानको रेकर्ड बनाएका अलराउण्डर पारसले नेपाललाई डिभिजन ५ हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता दिलाउन सफल भए ।

पारसकै कप्तानीमा नेपालले टी–२० विश्वकप खेलेको थियो । सन् २०१४ मा बंगलादेशमा भएको ट–ि२० विश्वकपमा नेपालले प्रतिस्पर्धा गरेको थियो ।

पारसले सन् २००४ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । उनले त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा सन् २००४ को अप्रिल २३ का दिन आईसीसी अन्तरमहादेशीय कपमा मलेसियाविरुद्धको खेलबाट सिनियर टिममा डेब्यु गरेका थिए । 

१० वर्ष राष्ट्रिय टिमको कप्तानी सम्हालेका पारसकै अवधिमा नेपालले कायापलट गरेको थियो । उनी सन् २००९ देखि २०१९ सम्म कप्तानी सम्हालेसँगै अचानक कप्तानी पद छाडेका थिए ।

त्यो नेपाली क्रिकेट इतिहासमा सरप्राइज जस्तै भएको थियो । यसपालि फेरि उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएर प्रशंसकलाई अर्को सरप्राइज दिएका छन् । 

३३ वर्षीय पारसले नेपालका लागि ६ एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा २३५ रन बनाउँदा ९ विकेट लिएका छन् । त्यस्तै १५ वटा टी–२० अन्तर्राष्ट्रिय खेलमा ७७४ रन जोड्दा २ विकेट लिएका छन् ।

त्यस्तै पारसले २ फस्ट क्लास क्रिकेट खेल्दा ४० लिस्ट ए खेल खेलेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ