arrow

सांसद पङ्गेनी स्मृति दिवसमा अक्षयकोष स्थापना

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ साउन २१ बिहिबार
pangeni-daju.JPG

स्याङ्जा । संविधानसभा एवं स्याङ्जा काँग्रेस सभापति कमलप्रसाद पङ्गेनीको असामयिक निधनको तेस्रो वर्ष पुरा भएको छ । पङ्गेनीको हृदयघातका कारण २०७५ साउन २० गते भीरकोटमै निधन भएको थियो । 

पङ्गेनीको तेस्रो स्मृति दिवस पारेर नेपाल विद्यार्थी सङ्घ स्याङ्जाले जय नेपाल छात्रवृत्ति नामक अक्षयकोष स्थापना गरेको छ । नेपाल विद्यार्थी सङ्घ स्याङ्जाले १ सय जना काँग्रेसका योद्धाको नाममा जय नेपाल छात्रवृत्ति अक्षयकोष सञ्चालन अभियान अन्तर्गत स्वर्गीय पङ्गेनीले अध्ययन रेको विद्यालयमा अक्षयकोष स्थापना गरेको हो । 

साबिकको खिलुङदेउराली हाल भीरकोट नगरपालिकामा जन्मिएका पङ्गेनीको माध्यमिक तहको पढाई पनि नगरपालिका २ स्थित दहथुम माध्यमिक विद्यालयमै पुरा भएको थियो । त्यसपछि उनले उच्च शिक्षा अध्ययनका लागि जिल्ला बाहिर गएका थिए । पङ्गेनीले सोही विद्यालयमा अध्ययन गर्ने क्रममा नेपाली काँग्रेसको नीति रुचाएपछि नेपाल विद्यार्थी सङ्घको सदस्य बनेर राजनीतिमा लागेका थिए । उनलाई अध्ययन गराउने पङ्गेनीका गुरु एवं पूर्व सांसद, काँग्रेसका पूर्व जिल्ला सभापति खगेन्द्रराज रेग्मीबाट सदस्यता लिएर काँग्रेसमा प्रवेश गरेका थिए ।  निरन्तर नेपाल विद्यार्थी सङ्घका पक्षमा काम गर्दे सङ्घको केन्द्रीय सदस्य समेत बनेका थिए ।

 कुशल संगठक, नम्र र असाधारण व्यक्तित्वका धनी पङ्गेनीले राजनीतिमा आफ्नो प्रभाव पार्न सफल भए । सबैसँगै नम्र व्यवहार गर्ने, समस्यामा सहयोग गर्ने र सबैसँग समान व्यवहार गर्ने उनी सबैका प्रिय नेताका रूपमा परिचित बने । जिल्लादेखि केन्द्रसम्मको पहुँच बनाउन पङ्गेनी राजनीतिक जीवनमा सफल भए । 

नेपाली काँग्रेसको जिल्ला सभापति हुँदै २०७० सालमा संविधानसभाको सदस्यमा निर्वाचित भएका थिए । जिल्लामा विकासका गति बढेका थिए । काँग्रेसको सङ्गठन पनि बलियो थियो । तर, उनको अकल्पनीय निधनले सिंगो काँग्रेस परिवारलाई अपूरणीय क्षति पुर्‍याएर गयो । जुन विद्यालयबाट उनले राजनीतिक आयाम सुरु गरे सोही विद्यालयलाई नेपाल विद्यार्थी सङ्घ स्याङ्जाले स्मरण गर्दे अक्षय कोषको स्थापनाको सुरुवात गरेको छ । 

विद्यार्थीको अभियानलाई संविधानसभा सदस्य राजु थापाले ५ हजार, भीरकोट नगर सभापति तोयानाथ अर्यालले ५ हजार, काँग्रेस महाधिवेशन प्रतिनिधि गोविन्दकुमार कर्माचार्यबाट ५ हजार ५ सय र नेपाल विद्यार्थी सङ्घले ५ हजार गरी २० हजार ५ सय रुपैयाँकोको जय नेपाल अक्षयकोषको स्थापना गरिएको नेविसंघका जिल्ला सभापति अजित क्षत्रीले जानकारी दिए । 

स्वर्गीय पङ्गेनी जय नेपाल छात्रवृत्ति अक्षयकोषको स्थापना गर्ने गरी विद्यालयलाई रकम हस्तान्तरण गरेको हौँ सभापति क्षत्रीले भने, ‘अक्षयकोषको मुलधनबाट आउने ब्याजबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइनेछ ।’ मुलुकको परिवर्तनमा ज्यान अर्पन गरेका योद्धालाई सधैँ सम्झना योग्य होस भनेर अभियान चालेको हो उनले भने । 

स्मृत सभा एवं अक्षयकोष हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि गोविन्दकुमार कर्माचार्य, दहथुम माविका प्रधानाध्यापक वेदप्रसाद अर्याल, नेपाल विद्यार्थी सङ्घ क्षत्रिय सभापति विश्वास लम्साल, पूर्व क्षेत्रीय सचिव हिमप्रसाद गुरुङ, भीरकोटका सभापति लक्ष्मण अधिकारी, नेविसंघ सदस्य होमप्रकाश गुरुङ लगायतले स्वर्गीय पङ्गेनीले देखाउनु भएको राजनीति र बिकास निर्माणका मार्ग दर्शनलाई आत्मसात गर्दे अघि बढेमा नेपाली काँग्रेस सबैको लोकप्रिय बन्न सक्नेमा जोड दिए । नेविसंघ जिल्ला सभापति अजित क्षत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव एसिव शरण महतले स्वागत जिल्ला कोषाध्यक्ष धुव्र पङ्गेनीले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ