सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २२ शुक्रबार
1.7k
Shares
काठमाडौं। कोभिड१९को संक्रमण फैलिदै गएकाबेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको जानकारी दिएका हुन् ।
स्वास्थ्य मन्त्रालयले गर्न शिक्षा मन्त्रालय र कोभिड१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरिएको जानकारी दिएका छन् ।
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले ट्विटरमार्फत भनेका छन्, 'कोभिड–१९ संक्रमण फैलिँदै गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवन रक्षाप्रति हामी अत्यन्त संवेदनशील छौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकारी गराउँछु।'