arrow

सचिव तथा अधिकारीलाई तयारीमा रहन गृहमन्त्रीको निर्देशन, भने- अर्को लहर आए अस्पतालको बार्दलीमा पनि स्थान हुँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २३ शनिबार
balkrishna_khad11.jpg

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँडले कोरोना महामारीको तेस्रो लहरको तयारीमा जुट्न मन्त्रालयका सचिव तथा मातहतका अधिकारीलाई निर्देशन दिएका छन् । शुक्रवार छलफलमा मन्त्री खाँडले चुनौतीपूर्ण अवस्था आउनसक्नेतर्फ सचेत भएर काम अघि बढाउन निर्देशन दिएका हुन्। 

मन्त्री खाँडले भने, “अघिल्लो लहरको कोरोनामा अस्पतालहरुमा बेड थिएन, औषधि थिएन, पूर्वतयारी थिएन यदि अर्को लहर आयो भने अस्पतालको बार्दलीमा पनि स्थान हुँदैन, त्यसैले समय हुँदा नै सबै निकाय पूर्वतयारीमा रहनुपर्छ ।”

कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेका छ ।  गृहमन्त्रालयमा भएको छलफलमा  गृहसचिव, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव, स्वास्थ्य तथा जनसङ्ख्या सचिवलगायत गृहमातहतका निकायका अधिकारीसँगको उनले सचेत भएर काम अघि बढाउन निर्देशन दिएका हुन्। 

गृहमन्त्री खाँडको अध्यक्षतामा बसेको उक्त बैठकमा काठमाडौँ, ललितपुर र भक्तपुरका प्रजिअ, नेपाल प्रहरी र सशस्त्र प्रहरीबलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, एमसीसी कार्यकारी प्रमुख, अध्यागमन विभाग महानिर्देशकसमेतको सहभागिता थियो । 

बैठकमा मन्त्री खाँडले मास्कको प्रयोग पर्याप्त नभएकोले त्यसको प्रयोग बढाउनेतर्फ नागरिकलाई सचेत बनाउन पनि आग्रह गरेका छन् । “भयावह अवस्था आउँदा स्थिति नाजुक हुन्छ, सबैलाई गम्भीर हुन मेरो आग्रह छ, मास्कमा भरोसा रहेकाले उपयोगमा जोड दिनुपर्छ”, गृहमन्त्री खाँडले भने ।

उनले मातहतकाका निकायले गम्भीरतापूर्वक काम नगरेकोमा असन्तुष्टि व्यक्त गरेका थिए । उनले क्वारेन्टिन होटलमा विदेशबाट आएका मानिसको नाममा बुकिङ भए पनि हेर्न जाँदा मान्छे नभएको जानकारीमा आएको बताउँदै वैदशिक रोजगारबाट आएका नागरिकबाट बढी जोखिम हुने पनि बताए । 

विदेशबाट आउने नागरिकका लागि सबै नाकामा पिसिआर परीक्षण गर्न निर्देशन दिँदै त्यसका लागि  गुणस्तरीय सामग्रीको व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ