arrow

अष्ट्रेलियाको लज्जास्पद प्रदर्शन, बंगलादेशलाई ऐतिहासिक सफलता 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २३ शनिबार
cricket-bangladesh-australi.jpg

काठमाडौं । अष्ट्रेलियन क्रिकेट टिमलाई बाघ नै मानिन्छ । उसले सितिमिति घुँडा टेक्दैन । तर बंगलादेशविरुद्ध घुँडा टेकेसँगै उसको साख पनि गिरेको छ । बंगलादेशले अष्ट्रेलियामाथि टी–२० क्रिकेट सिरिज कब्जा गरेको छ । पाँच खेलको सिरिजमा बंगलादेश ३–० को अग्रतासहित कब्जा जमाउन सफल भएको हो । यो बंगलादेशको ऐतिहासिक सफलता हो । अहिलेसम्म बंगलादेशले अष्ट्रेलियाबाट सिरिज खोस्न सकेको थिएन । 

घरेलु ढाकामा शुक्रबार भएको तेस्रो खेलमा बंगलादेशले अष्ट्रेलियालाई १० रनले पराजित गर्यो । यसअघि बंगलादेशले पहिलो खेलमा अष्ट्रेलियालाई २३ रन तथा दोस्रो खेलमा ५ विकेटले हराएको थियो । बंगलादेशले दिएको १२८ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ४ विकेटको नोक्सानीमा ११७ रन मात्र बनाउन सक्यो । मिचेल मार्शले ५१ रन बनाए पनि टिमले जित्न सकेन । बंगलादेशका शोरिफुल इस्लामले २ तथा नसुम अहमेद र शकिब अल हसनले १–१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ९ विकेटको नोक्सानीमा १२७ रन बनाएको थियो । कप्तान महमुदुल्लाहले ५२ तथा शकिबले २६ रन जोडे । अष्ट्रेलियाका डेब्यु खेलाडी नाथन एलिसले ह्याट्रिक गरे ।

नाथनले टी–२० अन्तर्राष्ट्रियको डेब्यु खेलमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडीको कीर्तिमान समेत बनाए ।  

कप्तान कहमुदुल्लाह म्यान अफ द म्याच भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ