arrow

नेपालको आक्रोशले ओलीले बोलाएको बैठक सर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २४ आइतबार
madhav-kumar-nepal-kp-sharma-oli.jpg

काठमाडौं। नेकपा (एमाले) स्थायी कमिटी बैठक यही साउन २५ गते बिहान ११ बजे र केन्द्रीय कमिटी बैठक सोही दिन अपराह्न ३ बजे तुलसीलाल स्मृति भवनमा बस्ने भएको छ ।

एमालेको बैठक २५ गते दिउँसो ३ बजेसम्मलाई सारिएको हो। पार्टीको विधान मस्यौदा समितिले विधान संशोधनसम्बन्धी काम नसकेकाले बैठक सारिएको बताइएको छ। सोमबार ११ बजे स्थायी कमिटी बैठकमा विधानबारे छलफल गर्ने कार्य तालिका छ। त्यसपछि दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठकमा उक्त विधान मस्यौदा प्रस्तुत गर्ने एमालेको तयारी छ।

पार्टीमा असन्तुष्ट पक्षको वार्ता सहभागितालाई ध्यानमा राखेर २४ गते तोकिएको बैठक एक दिनपछि सारिएको सो पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। जानकारी जसरी आए पनि नेपालको आक्रोशले उक्त बैठक सरेको एमालेका एक नेताले बताए। 

असन्तुष्ट पक्षले बिहीबार र शुक्रवार गरेको केन्द्रीय कमिटीको बैठकले २४ गतेको बैठक रोक्ने वा नरोक्नेले पार्टी एकतामा निर्णायक भूमिका खेल्ने बताएको थियो। 

उक्त बैठकबाट ओलीलाई अन्तिम मौका दिएको पनि माधव नेपालले बताएका थिए। उनले आफू निकट रहेका नेता कार्यकर्तालाई देशभर चुप लागेर नबस्न भन्दै समानान्तर कमिटी बनाउन निर्देशन दिएका थिए। समानान्तर कमिटी बनाउन र अघि बढ्ने सङ्केत देखे पछि ओली पक्षले आफूले आव्हान गरेको बैठक एक दिनका लागि सारेको हो।

आक्रोशित मुद्रामा प्रस्तुत भएका माधव नेपालको केपी ओलीसँग प्रश्न थियो- ' उहाँले पार्टी सदस्यता वितरण गर्ने कामलाई रोक्नुहुन्छ कि रोक्नुहुन्न ? उहाँले अस्तिको बैठकबाट निर्णय गरेर धमाधम वडा तहसम्म अधिवेशन गर्ने काम रोक्नुहुन्छ कि रोक्नुहुन्न ?,गाली–गलौचको उहाँको गोला–बारुद बन्द हुन्छ कि हुन्न ? यसबाट उहाँ के चाहनुहुन्छ भन्ने प्रस्ट हुन्छ ’।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ