arrow

केही सचिवहरूको सरुवा, गृह सचिवमा टेकनारायण पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २५ सोमबार
home-ministry-nepal.jpg

काठमाडौं । सरकारले केही सचिवहरूको सरुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले केही सचिवहरूको सरुवा गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । गृहसचिव महेश्वर न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ ।

त्यस्तै वित्त आयोगमा रहेका बेगेन्द्र शर्मा पौड्याललाई रक्षा सचिवमा सरुवा गरिएको छ । त्यसैगरी प्रधानमन्त्रीको कार्यालयमा कार्यरत वैकुण्ठ अर्याल सञ्चार मन्त्रालयको सचिव बनेका छन् ।

कर्णाली प्रदेशका प्रमुख सचिव गणेशप्रसाद पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । त्यसैगरी प्रदेश नम्बर १ का प्रमुख सचिव सुमन अर्याललाई महालेखा परीक्षकको कार्यालयमा सरुवा गरिएको गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ