- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
आजको पञ्चाङ्ग
आज मिति २०७८ श्रावण २६ गते मङ्गलवार, इस्वीसंवत अगष्ट १० तारिक सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४१, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । वर्षा ऋतु चलिरहेको छ ।
चान्द्रमान अनुसार श्रावणशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज श्रावणशुक्लपक्षको द्धित्तीय तिथि रहनेछ । आज मघा नक्षत्र, विष्कुम्भादि योगमा परिध, करणमा बालब, आनन्दादि योगमा काल रहनेछ ।
सूर्य कर्कट राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान ३३ घटि ०१ पला अर्थात् १३ घण्टा ४८ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर ३२ मिनेटमा जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठिक ६ः४५ बजे हुनेछ ।
आजको राशिफल
मेषः आज पनि समय राम्रो रहनेछैन । आमा तथा आफन्तसँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाँड्नाले समस्या आउन सक्छ । आज काल योग परेकाले सवारी साधन चल तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । घर जग्गाको कारोबारबाट घाटा लाग्ने हुँदा तथा यात्रा गर्दा विशेष सतर्क हुनुपर्नेछ । अध्ययनमा अलि बढी नै समय दिए मात्र नतिजा आफूतिर ल्याउन सकिनेछ । राजनीति तथा समाज सेवामा जनताको आलोचना हुनेछ ।
वृषः आज समय खराब छ प्रतिस्पर्धीहरू हरेक क्षेत्रमा हाबी हुँदा समयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्र कमजोर हुनाले तपाईको कमजोरीको अरूले फाइदा उठाउन सक्नेछन् । माया प्रेम तथा पति पत्नी बीचमा अरूको नकारात्मक टिका टिप्पणीले अविश्वास पैदा हुनेछ, ख्याल गर्नुहोला । मानव निर्मित साधन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
मिथुनः आज समय शुभ छ । नियमित आय आर्जन हुने काममा समय लगानी गरी मनग्ये आम्दानी गर्न सकिनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत नयाँ ज्ञान सिक्ने समय रहेको छ । विभिन्न अवसर प्राप्त हुने हुनाले जोस जाँगर बढेर आउनेछ । पढाई लेखाइमा अरूभन्दा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ ।
कर्कटः आज पनि समय शुभ छ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा दिइएको समयबाट भनेजस्तो नतिजा आउने हुनाले मन खुशी रहनेछ । साना साना कामबाट प्रशस्त आम्दानी हुने हुनाले व्यवसायमा थप लगानी गर्ने वातावरण बन्नेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ । आफन्त तथा आत्मीय मित्रका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ तर स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।
सिंहः आजको समय सबै प्रकारले शुभ रहेको छ । बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ । पढाई लेखाइमा अन्य दिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिस्पर्धामा तपाई नै अग्र पङ्क्तिमा आउनुहुनेछ । शैक्षिक परामर्श तथा चेतनामूलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसलाई शिक्षाको पहुँचमा जोड्न सकिने छ । आज वंश बुद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ ।
कन्याः आज समय खराब छ । काम गर्ने सवालमा सहकर्मीबाट नै असहयोग हुने हुँदा काम बिग्रने तथा मान सम्मानमा दाग लाग्न सक्छ, ध्यान दिनुहोला । घर परिवार भित्रकै मानिसहरूले तपाईको नराम्रो कुराको प्रचारबाजी गर्दै हिँड्नेछन् । अध्ययन अध्यापनमा प्रशस्त समय खर्चिएर पनि नतिजा आँफैतर ल्याउन कठिन हुनेछ । व्यापार व्यवसायमा लगानी अनुसारको नाफा कमाउन केही समय पर्खनुपर्ने देखिन्छ ।
तुलाः आज समय शुभ छ । समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ । व्यापार व्यवसायबाट मनग्ये आम्दानी हुनेछ भने व्यापार कै सिलसिलामा रमाइलो यात्रा हुनेछ । पढाई लेखाइमा खर्चिएको समयबाट भने जस्तो नतिजा हात लाग्ने हुनाले मन प्रसन्न रहनेछ । माया प्रेमको गाँठो झनै कसिने योग छ । घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ ।
वृश्चिकः आज पनि समय मध्यम खालको छ । आश्वासन बाँड्ने तथा काम गर्दिन्छु भनेर पैसा माग्नेदेखि सजक रहनुहोला । काम बिग्रने हुँदा लामो समयसम्म त्यसको प्रभाव देखिनेछ । आज काल योग परेकाले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । घर परिवार तथा आफन्तसँग घरायसी कुरामा राय बाझिनेछ भने जीवन साथीसँगको सम्बन्धमा चिसोपनाको विकास हुन सक्नेछ, सतर्क हुनुहोला ।
धनुः आज पनि समय शुभ रहने छैन । आज तपाइँको खुट्टा तान्ने मानिसहरू हाबी हुने तथा शत्रुहरू सलबलाउनेछन् । न्यायलयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला किनकि स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाँठो फुस्कन सक्छ । सन्तानसँग पनि मनमुटाब बढ्ने देखिन्छ ।
मकरः आज समय राम्रो रहने छैन । समयको महत्त्व नबुझ्नाले अनावश्यक दुःख पाइनेछ । तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा समस्या आउनेछ । लामो दुरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । विद्यामा सफलता पाउन निकै नै सङ्घर्ष गर्नुपर्नेछ । मान्यजनको सुझावलाई शिरोपर गरेर अगाडि बढे आंशिक मात्रामा लाभ प्राप्त हुनेछ ।
कुम्भः आज दिन तथा समय राम्रा छन् । आज थालिएका जुनसुकै कामबाट भनेजस्तै आम्दानी हुनेछ । नयाँ काम पाइने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको सम्भावना छ । राजनीति तथा समाजसेवामा राम्रो पद प्राप्तिको योग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिएको छ । वैदेशिक कार्यको प्रारम्भ पनि आज गर्दा राम्रो हुनेछ ।
मीनः आज समय शुभ छ । पढाई लेखार्ईमा चाहेको सफलता हात लाग्ने हुँदा गन्तव्य पहिल्याउन सहज हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ भने विलासी वस्तुको प्रयोगमार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । आज काल योग परेकाले सकभर यात्रा नगर्नुहोला त्यसमा पनि उत्तर दिशाको यात्रा राम्रो हुनेछैन । आर्थिक कारोबार हुन सक्नेछ । पाउनुपर्ने धन पनि प्राप्त हुनेछ ।
साइतः आज सूर्य कर्कट र चन्द्रमा सिंह राशिमा छन् । आज काल योग परेकाले लामो दूरीको यात्रा नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात् उत्तर पश्चिम र ईशान अर्थात् उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाईँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।
आजको शुभ लाभादि बेला
बिहान ५ः२७ बजेदेखि ७ः०७ बजेसम्म रोग बेला
बिहान ७ः०७ बजेदेखि ८ः४८ बजेसम्म उद्धेग बेला
बिहान ८ः४८ बजेदेखि १०ः२९ बजेसम्म चर बेला
बिहान १०ः२९ बजेदेखि १२ः१० बजेसम्म लाभ बेला
बिहान १२ः१० बजेदेखि १ः५० बजेसम्म अमृत बेला
दिनमा १ः५० बजेदेखि ३ः३१ बजेसम्म काल बेला
दिनमा ३ः३१ बजेदेखि ५ः१२ बजेसम्म शुभ बेला
दिउँसो ५ः१२ बजेदेखि ६ः५३ बजेसम्म रोग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)